गुडिरहेको ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै गुडिरहेको ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते भएका छन्। बिहीबार दिउँसो २ बजेको समयमा भारतीय नम्बरको ट्रकमाथि ढुङ्गा खस्दा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए  । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

ढुङ्गा खस्दा ट्रकमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । भारतीय केए ४३६८५६ नम्बरको ट्रकमा ढुङ्गा खसेको हो ।

तुइन खोलाको पहाडबाट यस अगाडि पनि दर्जन पटक ढुङ्गा खसेको छ। पहाड काटेर बाटो फराकिलो बनाएपछि ढुङ्गा खस्ने समस्या आएको बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *