अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

सबैको गलामा धानको माला। निधारमा हिलोको टिको। हातमा धानको बिऊँ। खेतमा हल गोरू। अनि गलामा धानका माला र निधारमा हिलो टिको लगाएका व्यक्तिले धान रोप्दै। यो मनोरम दृश्य थियो रुकुमपूर्वको भूमे गाउँपालिका–३ सिमा गाउँको।

रुकुमपूर्वमा पनि धुमधामले २२ औँ राष्ट्रिय धान दिवस मनाइएको छ। आइतबार भूमे गाउँपालिका–३ सिमा खेतमा २२ औँ राष्ट्रिय धान दिवस मनाइएको हो।

अतिथिदेखि आयोजक र स्थानीयले धान रोप्दै धान दिवस मनाइएको भूमे–३ सिमाका हरि पुनमगरले बताए ।

कृषि उत्पादनमा जोड दिनु पर्ने जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले  उत्पादनत्व वृद्धि गर्नमा राज्यले किसान र कृषि उत्पादन केन्द्रित नीति बनाउनु पर्ने  बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *