विद्युतीय कारोबारसम्बन्धी कसुरमा पक्राउ परेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा झिकाउन आदेश भएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले प्रसाईंलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउन आदेश दिएको हो।
विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरसम्बन्धी जाहेरीमा प्रसाईंमाथि भइरहेको अनुसन्धान तथा म्याद थपको विषयसमेत समेटिएको सकल फाइल इजलासमा देखाएर फिर्ता लैजान पनि प्रहरीको साइबर ब्युरोलाई आदेश दिइएको छ ।
श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण मुद्दामा भएको सुनुवाईपछि अदालतबाट उक्त आदेश भएको हो ।
