प्रहरी क्लबका मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण गर्ने तयारी

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएका १९ वटा मूर्ति पुरातत्व विभागलाई फिर्ता गरिने भएको छ ।  आज  संग्रहालय दिवसको अवसर पारेर आयोजना हुने औपचारिक कार्यक्रमका बीच मूर्ति हस्तान्तरण हुन लागेको विभागका प्रवक्ता सन्दीप खनालले बताउदै भने  ‘बिहान साढे ९ बजे हुने कार्यक्रममा त्यो मूर्ति राष्ट्रिय संग्रहालय, छाउनीलाई हस्तान्तरण हुनेछ,’

प्राचीन स्मारक संरक्षण ऐन अनुसार, पुरातात्विक महत्त्वका वस्तु जुनसुकै स्थानबाट प्राप्त भए पनि पुरातत्व विभागको संरक्षण र निगरानीमा रहनुपर्ने व्यवस्था छ । तर, प्रहरीको कल्याणमुखी इकाई पुलिस क्लबमा त्यसलाई लामो समयदेखि राखिएको भन्दै सम्पदा संरक्षणकर्मीले प्रश्न उठाउँदै आएका थिए ।

प्रहरीले ती मूर्ति कहाँबाट ल्यायो भन्नेसमेत स्पष्ट जानकारी दिएको थिएन ।  २९ साउन २०८२ मा पुरातत्व विभागले प्रहरी प्रधान कार्यालय, नक्साललाई पत्राचार गर्दै मूर्तिबारे जानकारी मागेको थियो । पछि विभागका कर्मचारी स्थलगत निरीक्षणका लागि समेत गएका थिए ।

अध्ययनका क्रममा मूर्ति पुरातात्विक महत्त्वको भएको पाइएपछि संरक्षण गर्ने प्रक्रिया अघिबढाइएको विभाग बताउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *