चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

चीनका राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनसँग मिलेर दुई देशबिचको सम्बन्धलाई ‘दीर्घकालीन, स्वस्थ र स्थिर’ विकासतर्फ लैजान तयार रहेको बताउनुभएको प्योङयाङको राज्य सञ्चालित सञ्चार माध्यम ‘कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)’ ले आइतबार जानकारी गराएको छ । गत महिना सी जिनपिङको उत्तर कोरिया भ्रमणपछि उहाँहरूबिच उक्त कुराकानी भएको हो ।

उक्त भ्रमणका क्रममा दुई नेताले कोरियाली प्रायद्वीपमा तनाव बढिरहेको र प्योङयाङले रुससँग सैन्य सहकार्य बढाइरहेको बेला सम्बन्धलाई अझ गहिरो बनाउने प्रतिबद्धता जनाएका थिए । जुलाई १ मा लेखिएको सन्देशमा राष्ट्रपति सीले चीनको कम्युनिस्ट पार्टीको स्थापना भएको १०५ औँ वर्ष गाँठको अवसरमा नेता किमले पठाएको बधाई सन्देशप्रति धन्यवाद व्यक्त गर्नुभएको केसीएनएले कोरियाली अधिकारीलाई उद्धृत गरी जानकारी दिएको हो ।

सीले भन्नुभयो, किमको सन्देशले उत्तर कोरियाली नेता, सत्तारूढ वर्कर्स पार्टी र उत्तर कोरियाली जनताको चीनप्रतिको ‘गहिरो र न्यानो भावना’ झल्काएको छ । “चिनियाँ कम्युनिस्ट पार्टी र कोरियन वकर्स पार्टी दुवै माक्र्सवादी सत्तारूढ पार्टी हुन्”, सीले भने , “दुई देशले राष्ट्रिय स्वतन्त्रताका लागि सँगै लडेका थिए र पुस्तौँदेखि समाजवादी लक्ष्यलाई संयुक्तरूपमा अगाडि बढाएका छन् ।”

“म दुवै पक्षका सम्बन्धित क्षेत्रलाई हामीबिच भएको महत्वपूर्ण साझा समझदारीलाई पूर्णरूपमा कार्यान्वयन गर्न निर्देशित गर्न तयार छु र चीन–उत्तर कोरिया सम्बन्धलाई दीर्घकालीन, स्वस्थ र स्थिर विकासतर्फ नेतृत्व गरिने छ,” सीले भने  । हालै प्योङयाङको राजकीय भ्रमणको सन्दर्भमा सीले किमलाई भ्रमणका क्रममा दिइएको ‘उत्साही र मित्रवत्’ आतिथ्यताको लागि धन्यवाद दिए ।

यो सन्देश किमको पत्रको जवाफमा आएको हो । किमले दुई नेताको नेतृत्वमा प्योङयाङमा भएको शिखर सम्मेलनलाई ‘ऐतिहासिक अवसर’ भने  बेइजिङसँगको सम्बन्धलाई निरन्तर मजबुत बनाउने उत्तर कोरियाको ‘अटल अडान’ रहेको बताए  । उत्तर कोरियाले रुससँग सुरक्षा सम्बन्ध विस्तार गरेको छ ।

प्योङयाङले मस्कोको युक्रेन आक्रमणमा सहयोग गर्न सैनिक र हतियार पठाएको छ । यद्यपि, चीन उत्तर कोरियाको सबैभन्दा ठूलो आर्थिक साझेदार हो । दक्षिण कोरियाको अर्थतन्त्र तथा वित्त मन्त्रालयका अनुसार सन् २०२४ मा उत्तर कोरियाको विदेशी व्यापारको करिब ९८ प्रतिशत चीनसँग भएको थियो । एएफपी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *