महराको बयान सकियो, आज थुनछेक बहस हुने

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

भेपमार्फत सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको छ। काठमाडौं जिल्ला अदालतमा मंगलबार उनको बयान लिने काम सकिएको हो।

बयान सकिएसँगै महराविरुद्धको मुद्दामा बुधबारदेखि थुनछेक बहस सुरु हुने अदालतले जनाएको छ। बहसपछि अदालतले उनलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउने वा धरौटी/साधारण तारेखमा छोड्ने भन्नेबारे आदेश दिनेछ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार महरालाई पक्राउ गरेको थियो। सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले सोमबार महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

अभियोजनमा महरामाथि ८ करोड ५५ लाख २८ हजार रुपैयाँभन्दा बढी बिगो माग दाबी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *