माचादोले नोबेल शान्ति पुरस्कार पाएसँगै भेनेजुएलाले बन्द गर्‍यो नर्वेस्थित दूतावास

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

भेनेजुएलाले नर्वेस्थित आफ्नो दूतावास बन्द गर्ने घोषणा गरेको छ । भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचादो नोबेल शान्ति पुरस्कार विजेता घोषित भएलगत्तै भेनेजुएलाले यस्तो निर्णय गरेको हो ।नर्वेको परराष्ट्र मन्त्रालयका एक प्रवक्ताले  बताएअनुसार भेनेजुएलाले दूतावास बन्द गर्नुको कारण भने खुलाएको छैन ।  समाचारअनुसार नर्वेको परराष्ट्र मन्त्रालयले नोबेल समिति नर्वे सरकारको नभई स्वतन्त्र संस्था भएको बताएको छ ।

जनताको अधिकार स्थापनाका निम्ति तानाशाही व्यवस्थासँग निरन्तर लडिरहेको भन्दै  माचादोलाई पुरस्कृत गरेको हो । समितिले ‘निष्पट्ट अँध्यारोमा पनि लोकतन्त्रको ज्योति जोगाउने काम गरेका कारण’ नोबेल शान्ति पुरस्कार प्रदान गरेको बताएको छ ।

माचादोलाई गत वर्ष भएको निर्वाचनमा उम्मेदवार बन्नबाट रोकिएको थियो । त्यसपछि उनले विपक्षी दलका उम्मेदवार एडमुन्डो गोन्जोलेस युरुटियालाई समर्थन गरेकी थिइन् । जुन निर्वाचन राष्ट्रपति निकोलास मादुरोले जितेपनि उक्त निर्वाचनको निष्पक्षतामाथी शंका उठ्दै आएको छ ।

भेनेजुएलाले नर्वेका अतिरिक्त अस्ट्रेलियामा रहेको आफ्नो दूतावास पनि बन्द गर्ने निर्णय गरेको छ । भेनेजुएलाले बुर्किना फासो र जिम्बाबेमा दुई नयाँ दूतावास खोल्ने योजना बनाएको छ।भेनेजुएलामा नर्वे र अस्ट्रेलियाको भने आफ्नै दूतावास छैनन् । उनीह्यरुले कोलम्बियामा रहेका आफ्ना दूतावासमार्फत भेनेजुएलामा वाणिज्य र कन्सुलर सेवा सञ्चालन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *