धादिग्ङकाे त्रिपुरासुन्धरी गाउपालिकाका धार्मिक स्थलहरू नरसिंह धाम र त्रिपुरासुन्दरी माइमा पर्यटन प्रबध्नन सम्वन्धी कार्यक्रम सम्पन भएकाे छ ।
नेपाल पर्यटन बाेर्ड प्रायाेजक रहेकाे कार्यक्रम त्रिपुरासुन्धरी गाउपालिका वडा नं.१ मा अवस्थित पबित्र धार्मिक स्थल नरसिंह धाम र त्रिपुरासुन्दरी माइको प्राङ्गणमा पर्यटन प्रवर्द्धन सम्बन्धि सास्कृतिक तथा जनचेतनामुलक कार्यक्रम सम्पन गरिएकाे थियाे । नेपाल पर्यटन बाेर्ड प्रायाेजक रहेकाे साे कार्यक्रम गंगा जमुना मिडिया प्रा लि ले आयोजना गरेकाे थियाे ।
कार्यक्रम आयोजक संस्थाका अध्यक्ष वासु सिलवालले धादिग्ङमा ओझेलमा परेका पर्यटन तथा सांस्कृतिक क्षेत्रकाे प्रवर्धनका लागी नेपाल पर्यटन बाेर्डले सहयाेग गरेकाे बताए । कार्यक्रममा स्थानियहरू काे उल्लेख्य सहभागीता रहेकाे थियाे ।




