पछिल्लो सात घण्टामा लमजुङको खुदी बजारमा सबैभन्दा बढी वर्षा

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि स्वास्थ्य

पछिल्लो सात घण्टाको अवधिमा देशका विभिन्न भागमा वर्षा भइरहेकोमा सबैभन्दा बढी लमजुङको खुदी बजारमा ६३.४ मिलिमिटर वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै उक्त जानकारी दिएको हो।

विभागका अनुसार पछिल्लो सात घण्टामा सबैभन्दा बढी वर्षा लमजुङ जिल्लाको खुदी बजारमा ६३.४ मिलिमिटर भएको छ।

हाल देशका विभिन्न भू-भागमा वर्षा जारी रहेको जनाउँदै विभागले कोसी र वाग्मती प्रदेशका केही स्थानमा, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *