मेची राजमार्गमा पर्ने हेवा खोलामा निर्माणाधीन बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुग्नासाथ खसेको छ । शनिबार साँझ बेलिब्रिज खस्दा चार जना मजदुर गम्भीर घाइते भएको पाँचथरका प्रहरी प्रमुख कौशल बुडाथोकीले जानकारी दिए ।
पाँचथर ताप्लेजुङ सडक खण्डमा पर्ने उक्त बेलिब्रिज तीन करोड लगानीमा सडक डिभिजन इलामले निर्माण गर्दै थियो ।
घट्नाको विस्तृत विवरण आउन बाँकी छ ।
