प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ बुधबार विभिन्न मुलुकमा ताल दिवस मनाएको छ। संयुक्त राष्ट्र सङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन विश्व संस्थामा आबद्ध मुलुक सहमत भएका छन्। गत वर्षको महासभामा विश्व ताल दिवस मनाउनेसम्बन्धी प्रस्ताव पारित भएको थियाे।
ताल दिवस मनाउने सुरुवाती चरणमा नेपालका सरकारी प्रतिनिधि भने बेखबर छन्।यस सम्बन्धमा वन तथा वातावरणका बिज्ञ शिवकुमार वाग्लेले नेपालमा ताल दिवस मनाउने सन्दर्भको जिज्ञासामा यस विषयको फोकल पोइन्ट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग रहेको छोटो जानकारी दिए ।यसैगरी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी तथा वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले यस दिवसको विषयमा केही पनि जानकारी नभएको बताए ।
आचार्यले भने , “विश्व ताल दिवसको बारेमा हामीलाई त्यति थाहा छैन।” यस सम्बन्धमा औपचारिक तथा अनौपचारिक कुनै कार्यक्रम भएको जानकारी समेत नभएको उनको भनाइ छ।यस विषयमा नेपालका वातावरणविद्, भूगर्भविद् लगायत विषय विज्ञसम्म पनि कुनै जानकारी वा सूचना नपुगेको पाइएको छ।
राष्ट्रसङ्घीय प्रणालीमा आबद्ध संस्था, अन्य अन्तर्राष्ट्रिय क्षेत्रीय र उपक्षेत्रीय संस्था, नागरिक समाज, निजी क्षेत्र, वातावरण एवम् शैक्षिक अभियन्तालाई तालको महत्त्व बारेमा शिक्षा प्रदान गर्नु यो दिवसको मुख्य उद्देश्य हो।संयुक्त राष्ट्र सङ्घका अनुसार पृथ्वीमा ११ करोड ७० लाखभन्दा बढी ताल छन्। तिनले विश्वको जमिनको चार प्रतिशत भाग ओगटेका छन्।
प्रदूषण र मिथेन उत्सर्जनका कारण वातावरणीय नोक्सानीका साथै ताजा पानीका स्रोतहरू घट्दै गएको सन्दर्भमा यो दिवस मनाउनुको सान्दर्भिकता बढेको छ।संयुक्त राष्ट्र सङ्घले विश्वव्यापीररूपमा यो दिवस मनाउने घोषणा गरेसँगै यो पहिलो वर्ष भएकोले पनि नेपालमा यो अवस्था भएको हुन सक्ने आकँलन गर्न सकिन्छ।
