मोरङ कारागारमा महिला कैदी व्दारा आत्महत्या

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

मोरङ जिल्ला कारागारमा एक जना महिला कैदीको मृत्यु भएको छ । कारागारको शौचालयमा ३२ वर्षे राधा भट्टराई (राधिका) मृत अवस्थामा भेटिएको जिल्ला प्रशासन कार्यालय मोरङले जानकारी दिएको छ ।

सुनसरी वराहक्षेत्र नगरपालिका-६ घर भई २०८० माघ ५ गतेदेखि मोरङ कारागारमा कैद भुक्तान गरिरहेकी भट्टराई शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको कारागार प्रशासनले जानकारी दिएको छ । कारागारको शौचालयमा बिहान ४ः३० बजे शव भेटिएको  जेलर गौरव ढुङ्गेलले बताए  । भट्टराईविरुद्ध सुनसरी जिल्ला अदालतले २०८१ कात्तिक ७ गते कर्तव्य ज्यान मुद्दामा २० वर्ष जन्मकैद हुने सजाय सुनाएको थियो ।

दुई नाबालक सन्तानसहित सुनसरी मोरङ सिँचाइ योजनाको नहरमा हामफाल्दा दुवै  सन्तानको मृत्यु भएपछि भट्टराईविरुद्ध कर्तव्य ज्यानको मुद्दा चलाइएको थियो । कारागारमा रहँदा मानसिक समस्या देखिएपछि परमर्शदाता चिकित्सकबाट नियमित रूपमा उपचार गराइरहेको अवस्थामा घटना भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *