‌एएफसी यू-२० एसियन कप छनोट खेल्न आज भुटान जाँदै नेपालीटोली

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपाली महिला यू-२० राष्ट्रिय फुटबल टोली आज भुटान जाँदैछ। अगस्ट ६ देखि १० सम्म हुने एएफसी यू-२० वुमन्स एसियन कप छनोट खेल्न नेपाली टोली भुटान जान लागेको हो। भुटान जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार दशरथ रंगशालामा विदाइ गरेको छ।

बिदाई कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईले टिमलाई सफलताको शुभकामना दिए।प्रतियोगिताको समूह ‘ए’मा नेपालले आयोजक भुटानसँगै साउदी अरेबिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले पहिलो खेलमा ६ अगस्टमै आयोजक भुटानसँग खेल्नेछ। त्यसपछि ‍८ अगस्टमा साउदी र १० अगस्टमा उत्तर कोरियासँग प्रतिस्पर्धा हुनेछ। समूहको शीर्ष टोली अर्को वर्ष थाइल्यान्डमा हुने प्रतियोगितामा छनोट हुनेछ। दोस्रो हुने टोलीको पनि सम्भावना हुनेछ। आठ समूहमध्ये तीन वटा उत्कृष्ट दोस्रो टोली मात्र छनोट हुनेछन्। च्याम्पियनसिप सन् २०२६ को अप्रिल १ देखि १८ सम्म थाइल्यान्डमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *