सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा एक घण्टादेखि होल्डमा

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

रसुवाको बाढी-पहिरोमा परेका नागरिकको उद्धारका लागि गएको नेपाली सेनाको एक हेलिकोप्टर यतिबेला चिनियाँ भूमिमा होल्डमा छ।

भूलवश्, चिनियाँ भूमिमा प्रवेश गरेको सो हेलिकोप्टरलाई चिनियाँ जनमुक्ति सेनाले डेढ घण्टादेखि होल्डमा राखेको हो। ‘नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा प्रवेश गरेको देखेपछि चिनियाँ जनमुक्ति सेनाले अवतरण गराएर होल्डमा राखेको हो, अहिले चिनियाँ सरकारलाई आग्रह गरेर सकुशल फिर्ता गर्ने प्रयास भइरहेको छ’, सुरक्षा निकायको उच्च स्रोतले भन्यो।

स्रोतका अनुसार नेपालस्थित चिनियाँ दूतावास र ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले सहजीकरणको प्रयास गरिरहेका छन्। नेपाली सेनाले भने प्राविधिक कारणले पारिपट्टी ल्याण्ड गराएर राखिएको जनाएको छ। उसले प्राविधिक समस्या समाधान भएपछि फर्कने जनाएको छ। ‘उद्धारको क्रममा रसुवा पुगेको हेलिकोप्टर प्राविधिक समस्या आएपछि छिमेकी भूमिमा ल्याण्ड गराइएको हो, प्राविधिक समस्या सुल्झेपछि फर्कन्छ’, नेपाली सेनाका सहायक रथि प्रवक्ता राजाराम बस्नेतले भनेका छन्।

आज दिउँसो मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ राजदूत छन सोङ पनि बाढीग्रस्त नेपाली भू-भागको निरीक्षणका लागि रसुवा पुगेका थिए।

साभारः नागरिक दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *