भारतीय सीमा नजिकै अफिम, राजधानीमा ४५ राउण्ड गोली

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

राजधानीको गोंगबुस्थित एक होटलबाट ४५ राउण्ड गोली, एसएलआरमा प्रयोग हुने म्यागजिन र मेटल नक १ थान भेटिएको छ । प्रहरीले गोंगबुको शिव मन्दिर नजिकै काबेली गेष्ट हाउसबाट ती सामानसहित राजविराज १३ का २७ वर्षे खगेन्द्र शर्मा र २२ वर्षे ओम शंकर गुप्तालाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै भारत जाँदै गरेको अवस्थामा नेपालगञ्ज १५ को पिप्रहवास्थित सीमा इलाकामा जुम्लाका ६२ वर्षे रणबहादुर रोकायाको साथबाट साढे ५ किलो अफिम, पाँच ग्राम चरेशसहित पक्राउ परेका छन् । उनलाई   सशस्त्र प्रहरी बलको बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक योगेन्द्रबहादुर शाहीको नेतृत्वमा खटिएको ७ जनाको मोटरसाइकल गस्ती टोलीले नियन्त्रणमा लिएका हुन् ।

जुम्लाको साबिक घोडेमहादेब गाविस ९ र हाल तिला गापा–७ का रोकाया पछिल्लो समय कोहलपुर न.पा.१० मा बस्दै आएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *