के एमाले फुटकाे संघारमा पुगेकाे हाे ? चार उपाध्यक्षव्दारा ओलीको राजीनामा माग

मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

नेकपा (एमाले)का पाँचमध्ये चार उपाध्यक्ष पार्टी अध्यक्ष केपी ओलीको राजीनामाको पक्षमा उभिएका छन्। शुक्रबारदेखि सुरु भएको पार्टीको सचिवालय बैठकमा रामबहादुर थापा बादलबाहेकका उपाध्यक्षले पार्टी पुनर्गठनका लागि राजीनामा दिन ओलीलाई सुझाव दिएका छन् ।

करिब ६ घण्टा लामो बैठकमा उपाधयक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले ओलीको राजीनामा मागेका हुन्।  उपाध्यक्षहरूले २१ फागुनको चुनावमा पार्टीले व्यहोरेको क्षतिको नैतिक जिम्मेवारी लिएर पार्टीलाई पुनर्गठनको दिशामा लैजान आफूहरू पनि राजीनामाका लागि तयार रहेको घोषणासमेत गरेका छन् । विश्वासपात्र मानिने उपाध्यक्ष पौडेल पनि राजीनामाको पक्षमा उभिएपछि ओली अप्ठ्यारोमा परेका छन् ।

लगातार राजीनामाको प्रसंग आएपछि बैठकको बिचमै आक्रोशित बनेका अध्यक्ष ओलीले राजीनामा नदिने अडान राख्दै पार्टीको नीति र नेतृत्वविरुद्ध बोलेर विपक्षीलाई बल पुर्‍याउनेहरूलाई कुनै पनि  जिम्मेवारी नदिइने बताएर अघोषित रूपमा कारबाहीको कडा चेतावनी दिएका थिए ।

राजीनामा र पुनर्गठनको विषयबाट उपाध्यक्षहरूलाई विषयान्तर गराउने प्रयास भएपछि उपाध्यक्ष गुरुङले पार्टीमा सबैको योगदान उत्तिकै महत्त्वपूर्ण रहेको र अहिलेसम्म अनेकन योगदान गरेरै पदाधिकारी तहसम्म आएकाले नधम्क्याउन भन्दै सजग गराएका थिए । गुरुङले जवाफ फर्काएपछि उनीहरूबिच केहीबेर नोकझोँक देखिने गरी सवाल–जवाफ नै चलेको एक नेताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *