साँगामा यातायात रोक : उपत्यका प्रवेशमा कडाइ

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

काठमाडौं उपत्यकाको पूर्वी नाका काभ्रेको साँगामा यातायातका साधनलाई आज बिहानदेखि उपत्यका प्रवेशमा रोक लगाइएको छ। आज बिहानदेखि उपत्यकाका तीन जिल्ला भक्तपुर, काठमाडौं र ललितपुरले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेपछि साँगा–नाकाबाट यातायातका साधनलाई रोक लगाइएको हो।

अरनिको, बिपी र हेलम्बु राजमार्गबाट राजधानी काभ्रेपलाञ्चोक हुँदै उपत्यका प्रवेश गर्ने सवारी साधनलाई साँगामा ‘होल्ड’ गर्दै फर्काइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। यस्तै काभ्रेपलाञ्चोकको धुलिखेल–काठमाडौं र पनौती–काठमाडौं रुटका सार्वजनिक तथा निजी सवारीलाई साँगामै रोकिएको कार्यालयका प्रमुख सुनिल धाँजुले बताए। उनको भनाइअनुसार वैकल्पिक सडकबाट पनि उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्लाका विभिन्न स्थानमा रोकिएको छ।

उपत्यका जाने लामो दूरीका मध्यपहाडी क्षेत्र सिन्धुली, रामेछाप र सिन्धुपाल्चोकबाट बिहानै आएका सार्वजनिक यातायातलाई काभ्रेपलाञ्चोकका विभिन्न ‘चेकपोस्ट’मा ‘होल्ड’ गरिएको धाँजुले जानकारी दिए। अरनिको र बिपी राजमार्गबाट काभ्रेपलाञ्चोक हुँदै दैनिक करिब एक हजार सार्वजनिक यातायात साथ आवतजावत गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *