आजको मौसम : चार प्रदेशमा भारी वर्षा, तराईमा हावाहुरी

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही मधेश प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर आंशिकदेखि […]

Continue Reading

भारतमा बन्धक बनाइएका ५७ नेपालीलाई नेपाल फर्काइयो

भारतको उत्तराखण्डस्थित काशीपुर र रुद्रपुरमा बन्धक बनाइएका ५७ नेपालीलाई कञ्चनपुरको गड्डाचौकी नाका हुँदै स्वदेश फर्काइएको छ । बुधबार साँझ ५ बजे कञ्चनपुरको गड्डाचौकी नाका हुँदै उनीहरुलाई स्वदेश फर्काइएको हो । नेपाली राजदूतावास, भारतीय प्रहरी र सामाजिक संस्था ‘किन इन्डियाका निर्देशक नवीन जोशीको समन्वयमा गत बिहीबार ३५ जना र आइतबार रुद्रपुरबाट २२ जनाको उद्धार गरिएको थियो । […]

Continue Reading

मध्यबर्षामा दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने

तनहुँको सदरमुकामस्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास–४ ले वितरण गर्दै आएको खानेपानी धारामा नआएपछि यतिबेला हाहाकार भएको छ । व्यास–२ र ३ नम्बरका स्थानीयवासीले अमरापुरीस्थित प्रेम कुवा, पानीघट्टा र पञ्चमन्दिर धारालगायत स्थानमा एक गाग्री पानी लिन सर्वसाधारणले लामो समय कुर्नुपरेको छ । धारामा पानी नआएपछि सार्वजनिक कुवा र धारामा पानी लिन सर्वसाधारण बिहानदेखि […]

Continue Reading

एसीसी यू-१६ इस्ट जोन कपमा नेपालको लगातार दोस्रो जित, जापान नौ विकेटले पराजित

नेपालले एसीसी यू-१६ इस्ट जोन क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ।नेपालले आज भएको खेलमा जापानलाई ९ विकेटले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा मात्र ८० रनमै अलआउट भयो। जवाफमा नेपालले ८१ रनको लक्ष्य १४.२ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो। नेपालले पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो। यू-१६ इस्ट […]

Continue Reading

चीनमा बाढी: ८० हजारभन्दा बढी विस्थापित

चीनको दक्षिणपश्चिम गुइझोउ प्रान्तमा आएको भीषण बाढीका कारण करिब ८० हजार ९ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। भत्किएको पुलबाट एक ट्रक चालकलाई नाटकीय रूपमा उद्धार गरिएको छ। भारी वर्षाले गाउँहरू डुबानमा परेका छन् भने फुटबल मैदानसमेत पानीमुनि डुबेको छ। उद्धारकर्ताहरूले डुङ्गा र हिलोमा बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्। टाइफुन वुटिप र चरम मौसमी अवस्थाका […]

Continue Reading

सुनकोशी मरिन डाइभर्सन : ठेक्का समय आधा सकिँदा बाँध निर्माण ७ प्रतिशत मात्रै

गत जेठ १८ मा जनकपुर पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा प्रगति नबढे ठेक्का तोड्ने चेतावनी दिए । मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र : एक सडक’ आयोजनाअन्तर्गतका सडकहरूको शिलान्यास गर्न जनकपुर पुगेका उनले निर्माणको काम छिटो सक्न आग्रह पनि गरे । ‘सिँचाइको आसमा रहेका मधेशका जनताले अब लामो समय […]

Continue Reading

माधव नेपालको मुद्दामा बहस सकियो

पूर्वप्रधानमन्त्री माधव नेपालको मुद्दामा थुनछेक बहस सकिएको छ।आज विशेष अदालतमा बयान र थुनछेक बहस दुवै सकिएको हो। पतञ्जलिको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपमा नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। यसपछि नेपाल आफैँ उपस्थित भएका थिए। नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्छः अधिवक्ता पन्त वरिष्ठ अधिवक्ता सुशील पन्तले पूर्वप्रधानमन्त्री माधव […]

Continue Reading

वर्षाका कारण फोहर व्यवस्थापनमा समस्या हुँदैनःकाठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यस वर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ। वर्षाको समय सुरू भएसँगै विगतका वर्षमा नागरिकले लामो समयसम्म फोहर व्यवस्थापन नहुँदा निकै समस्या भोग्नुपरेको थियो। यस वर्ष भने महानगरले वर्षायाम सुरू भएसँगै फोहर व्यवस्थापनका लागि विगतका वर्षमा हुने समस्या समाधान भइसकेकाले सहज हुने जनाएको छ। वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका […]

Continue Reading

हाइटेन्सन टावरमा चढेका युवकको सकुशल उद्धार

 सीमा जोडिएको सिराहाको कर्जन्हा नगरपालिका–१, स्थित बन्दिपुर–बाबाताल सडकखण्डमा रहेको हाइटेन्सन लाइनको टावरमा चढेका एक युवकको प्रहरीले उद्धार गरेको छ। सिराहा प्रहरीका अनुसार बुधबार बिहान करिब ७ बजे स्थानीयवासीले युवकलाई टावरमा चढेको देखेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए। सूचना प्राप्त लगतै घटनास्थल पुगेका प्रहरीले नेपाल विद्युत प्राधिकरण ढल्केबर ग्रिड शाखाका प्राविधिक कर्मचारीको सहयोगमा १० बजे युवकको सकुशल […]

Continue Reading

पूर्वी मकवानपुरको फापरबारीमा बेलिब्रिज

पूर्वी मकवानपुरका फापरबारीस्थित चौराहाखोलामा बेलिब्रिज जडान कार्य धमाधम भइरहेको छ। बागमती गाउँपालिका ६ र ८ लाई जोड्ने गरी बागमती प्रदेश सरकारको लगानीमा बेलिब्रिज जडान कार्य भइरहेको हो । लामो समयदेखि अधुरो रहेको पुल निर्माणको योजनालाई पूर्णता दिन चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारले बजेट विनियोजन गरेसँगै बेलिब्रिज जडान कार्यले तीव्रता पाएको छ । बागमती प्रदेशको […]

Continue Reading