माधव नेपालको मुद्दामा बहस सकियो

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

पूर्वप्रधानमन्त्री माधव नेपालको मुद्दामा थुनछेक बहस सकिएको छ।आज विशेष अदालतमा बयान र थुनछेक बहस दुवै सकिएको हो।

पतञ्जलिको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपमा नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। यसपछि नेपाल आफैँ उपस्थित भएका थिए।

नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्छः अधिवक्ता पन्त

वरिष्ठ अधिवक्ता सुशील पन्तले पूर्वप्रधानमन्त्री माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका छन्। पन्तले आफ्नो बहसका क्रममा नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका हुन्। नेपालविरुद्धको मुद्दामा अधिवक्ता पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बहस गरेका हुन्। पन्तले बहसका क्रममा नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले पतञ्जलि योगपीठलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्नका लागि दिएको स्वीकृती नीतिगत निर्णय मान्न नसकिने जिकिर गरे।

“यो नीतिगत निर्णय नभएर व्यक्तिगत स्वार्थप्रेरित निर्णय थियो। प्रधानमन्त्रीको ठाडो आदेशबाट भएको थियो। राज्यलाई ठूलो हानी पुर्‍याउने गरी संगीन काम गरेको हुँदा उहाँलाई थुनामा राखेर मुद्दा अगाडि बढाइनुपर्छ,” अधिवक्ता पन्तले भनेका छन्। यता नेपालका तर्फबाट बहसका लागि उपस्थित भएका वरिष्ठ अधिवक्ता शम्भू थापाले भने स्वयम् अधिवक्ता पन्तमाथि प्रश्न उठाएका छन्। थापाले अख्तियारको तर्फबाट बहस पैरवीमा पन्त विशेष अदालतमा उपस्थित भएकामा प्रश्न उठाएका हुन्।

उनले मुद्दाको आरोपपत्रमा सरकारी वकिलहरूले बहस पैरवी गर्ने भन्ने उल्लेख भए पनि त्यसविपरीत गएर पन्तले बहस गरेको भन्दै प्रश्न उठाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *