एसीसी यू-१६ इस्ट जोन कपमा नेपालको लगातार दोस्रो जित, जापान नौ विकेटले पराजित

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपालले एसीसी यू-१६ इस्ट जोन क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ।नेपालले आज भएको खेलमा जापानलाई ९ विकेटले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा मात्र ८० रनमै अलआउट भयो।

जवाफमा नेपालले ८१ रनको लक्ष्य १४.२ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो। नेपालले पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो। यू-१६ इस्ट जोन कपमा नेपालसहित १० टोली सहभागी छन्। नेपाल समूह ‘ए’ मा सिंगापुर, इन्डोनेसिया, जापान र भुटानसँगै रहेको छ।

नेपालले अब तेस्रो खेल २९ जुनमा इन्डोनेसिया विरुद्ध खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *