इरानी विदेशमन्त्रीद्वारा आणविक स्थलमा गम्भीर क्षति स्वीकार, वार्ता तयारी अस्वीकार

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी र इजरायली आक्रमणबाट इरानी आणविक स्थलहरूमा अत्यधिक र गम्भीरू क्षति पुगेको स्वीकार गरेका छन्। उनले हाल क्षतिको मूल्यांकन भइरहेको बताउँदै अमेरिकासँग आगामी साता वार्ता गर्ने कुनै योजना नभएको स्पष्ट पारेका छन्।

इजरायलसँगको १२ दिने युद्धपछिको अवस्थालाई लिएर अमेरिकासँग वार्ता पुनः सुरु हुन लागेको भन्ने दाबीलाई पनि उनले अस्वीकार गरेका छन्। अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूतमार्फत वार्ता सुरु हुने बताएका छन्। यसैबीच, इरानी संसदले राष्ट्रसंघीय आणविक निगरानी संस्थासँगको सहकार्य निलम्बन गर्ने प्रस्ताव पास गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *