अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपाली काठमाडौंमा पुगे

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

अमेरिकाबाट ३२ पुरुष र ५ महिला गरी ३७ नेपाली चार्टर्ड विमानमार्फत काठमाडौं फर्किएका छन्। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई जिम्मा लगाएको छ।

ब्यूरोका अनुसार मानव तस्करी गिरोहबारे सूचना लिन सोधपुछ गरिनेछ। प्राप्त सूचनाका आधारमा अनुसन्धान अघि बढाउने तयारी छ। तर डिपोर्ट भएकाहरू चिनजानका व्यक्तिको आश्वासनमा उजुरी गर्न मानिरहेका छैनन्।

योसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा आप्रवासन नीतिपछि डिपोर्ट हुने नेपालीको संख्या १६३ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *