फुटकाे संघारमा नेपाली काग्रेसः देउवा समूहकाे बेग्लै सम्पर्क कार्यालय

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले अनामनगरमा पार्टी कार्यालय स्थापना गरेको छ । देउवा समूहका नेता डा. प्रकाशशरण महतले साथीहरूलाई छलफल गर्न सम्पर्क कार्यालय बनाइएको बताए।

‘साथीहरू कहाँ बसेर छलफल गर्ने भन्ने स्थान नभएकाले सानो कार्यालय मात्रै खोलिएको हो । अन्य कुनै कारण होइन,’ डा. महतले  भने।

उनले पार्टी विभाजन गर्नका लागि कार्यालय खोलिएको भन्ने हल्ला निराधार भएको बताए । ‘हामी निष्पक्ष महाधिवेशन चाहन्छौँ । संस्थापनलाई महाधिवेशनको वातावरण निर्माण गर्न आग्रह गरिरहेका छौँ,’ डा. महतले भने, ‘यो साथीहरू भेटघाट गर्ने स्थान बनाउनका लागि सम्पर्क कार्यालय बनाइएको हो।’

देउवा समूहकी नेतृ लक्ष्मी खतिवडाले नियमित महाधिवेशन पक्षधर समूहको छलफल गर्ने थलोका रूपमा सम्पर्क कार्यालय स्थापना गरिएको जानकारी दिइन्।

‘नियमित महाधिवेशन पक्षधर युवा कांग्रेसले जागरणका लागि सम्पर्क कार्यालय स्थापना गरेका हौँ । स्थापना गरेको दुई–चार दिन भयो,’ खतिवडाले  भनिन्।

देउवा समूहको सम्पर्क कार्यालयमा युवाहरुको जमघट

नेपाली काँग्रेस संस्थापन इतर समूहको कार्यालयमा युवा समुहको जमघट देखिन थालेको छ । अनामनगरस्थित शिखर फुडल्यान्डबाट सिदै पूर्व जाने बाटोमा रहेको घरमा दुई महिनाअघि सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको थियो ।

उक्त कार्यालयमा पूर्व केन्द्रीय सदस्य, विभिन्न भ्रातृ संगठनका प्रतिनिधि तथा अन्य नेताहरूको उपस्थिति देखिएको छ । कार्यालय परिसरमा नेपाली काँग्रेसको चारतारे झण्डासँगै पार्टीका विभिन्न ऐतिहासिक नेताहरूका तस्बिरहरू समेत सजाइएका छन् ।

पार्टी गतिविधि समन्वय र आगामी महाधिवेशनको तयारीका लागि सम्पर्क कार्यालय स्थापना गरिएको नेता गुरु बरालले बताए । संस्थापनइतरको सम्पर्क कार्यालय भनिए पनि पूर्वसभापति शेरबहादुर देउवाको सारथीहरु भने त्यहाँ पुगेका छैनन् ।

पूर्वउपसभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्रीहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र विमलेन्द्र निधि र पूर्वप्रवक्ता डा. प्रकाशशरण महतलगायतका नेताहरु कोही पनि त्यहाँ पुगेका छैनन् ।

हालको सम्पर्क कार्यालयभन्दा अगाडिको घर कांग्रेस नेता राजेन्द्र बजगाईंको घर हो । १३ औं महाधिवेशनमा उक्त घर बजगाईंले शेरबहादुर देउवाको सचिवालय सञ्चालन गर्न दिएका थिए । उक्त सचिवलाय वर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठ, डा. महत र पूर्वमुख्यसचिव कृष्णप्रसाद पौडेल र सञ्चारकर्मी परशु घिमिरेले सञ्चालन गरेका थिए ।

हाल अनामनगरमा खोलिएको उक्त कार्यालयमा कास्कीका युवा नेता गुरु बराल, ललितपुरका नेता जितजंग बस्नेत, बाग्लुङका जीत शेरचन, दोखलाका कुन्दन काफ्ले र मोरङका केदार कार्कीलगायत नेताहरूको सहभागिता रहेको जनाइएको छ ।

तीमध्ये बस्नेत राष्ट्रियसभामा, काफ्ले पूर्व केन्द्रीय सदस्य तथा प्रदेश सांसद हुन् भने शेरचन हाल बागलुङ काँग्रेस सभापति तथा गण्डकी प्रदेश सरकारका अर्थमन्त्रीको जिम्मेवारीमा छन् । यस्तै कार्की कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत हुन् भने बराल कास्कीका युवा नेता हुन् ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका महामन्त्री मनहरि श्रेष्ठका अनुसार कार्यालयको उद्देश्य नयाँ राजनीतिक दल गठन नभई पार्टीभित्रको एकता मजबुत बनाउँदै महाधिवेशन तयारीमा सहयोग पुर्याएकाे हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *