कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तरमै फैलिँदै, औषधिको परीक्षण हुँदै

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

प्रजातान्त्रिक गणतन्‍त्र कंगोमा इबोलाको पछिल्लो प्रकोप समुदायस्तरमा फैलिने क्रम जारी रहँदा सङ्क्रमितको सङ्ख्या एक हजार ५२८ पुगेको छ । त्यस्तै कम्तिमा ४९२ जनाकाे मृत्यु भएकाेछ । कङ्गोका जनस्वास्थ्य अधिकारीले शनिबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार हालसम्म २३९ जना सङ्क्रमित निको भएका छन् । त्यस्तै६२८ जना आइसोलेसन केन्द्र वा अस्पतालमा उपचाररत छन् । यसका साथै १८५ जना शङ्कास्पद बिरामीको पनि पहिचान गरिएको छ ।प्रतिवेदनमा पछिल्ला सातामा नयाँ सङ्क्रमितको सङ्ख्या निरन्तर बढ्दै गएको उल्लेख छ ।

महामारीको गणनाअनुसार २५औँ र २६औँ हप्तामा प्रति हप्ता ३०० भन्दाबढी नयाँ सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यसले समुदायस्तरमा सङ्क्रमण अझै सक्रिय रूपमा फैलिरहेको सङ्केत गरेको अधिकारीले बताएका छन् । प्रतिवेदनमा मृत्युपश्चात् नमूना सङ्कलनमा समुदायको असहयोग तथा विशेषगरी उत्तर किभुमा रहेका इबोला उपचार केन्द्रको सीमित क्षमतालगायतका चुनौती उल्लेख गरिएको छ ।

सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको प्रभावकारी खोजी गर्न नसकिएको अवस्था र प्रयोगशाला परीक्षणमा हुने ढिलाइले पनि सङ्क्रमण नियन्त्रणमा कठिनाइ उत्पन्न गरेको जनाइएको छ ।साथैऔषधि तथा सङ्क्रमण नियन्त्रणसम्बन्धी सामग्रीको अभावअसुरक्षा र प्रभावित केही क्षेत्रमा स्थानीयको स्वास्थ्य संस्थामा सीमित पहुँचका कारण महामारी नियन्त्रण प्रयास प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले बिहीबार जनाएअनुसार बुन्डिबुग्यो’ भाइरसका लागि कंगोमा औषधिको क्लिनिकल परीक्षण सुरु गरिएको छ । इबोलाबाट अति प्रभावित इटुरी  प्रान्तको बुनियास्थित एभान्जेलिकल मेडिकल सेन्टरमा  परीक्षण सुरु गरिएको हो । अफ्रिका सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका आपतकालीन रेस्पोन्स प्रमुख प्रोफेसर याप बुमले हालको परीक्षण विशेषज्ञ उपचार केन्द्रहरूभित्र उपचार गराइरहेका प्रमाणित इबोला बिरामीहरूमा केन्द्रित रहेको बताए ।

डब्ल्युएचओका प्रमुख डा. टेड्रोस अधानोम गेब्रेयससले महामारीविरुद्ध लड्ने प्रयासमा यो परीक्षण एउटा महत्वपूर्ण कोशढुङ्गा भएको बताएका छन् । यो परीक्षण सम्पन्न हुन महिनौं लाग्न सक्छ र यसमा १,००० भन्दा बढी बिरामीहरू समावेश हुनेछन् । परीक्षणमा म्याप बायोफार्मास्युटिकलको प्रयोगात्मक एन्टिबडी एमबीपी१३४‘ र गिलियड साइन्सेसको एन्टिभाइरल औषधि रेम्डेसिभिर‘ लाई बेग्‍ला-बेग्लै तथा मिश्रित रुपमा प्रयोग गरिनेछ ।

डब्ल्यूएचओका अनुसार परीक्षणका लागि आवश्यक औषधिको पर्याप्त आपूर्ति छ । परीक्षण सफल भएमा सहज रुपमा औषधि उपलब्ध गराउनुपर्ने चुनौती पनि डब्ल्युएचओसँग हुनेछ । यसका लागि विभिन्‍न कम्पनीहरुसँग डब्ल्युएचओले सहकार्य गरेको छ । अनुगमन गरिनेछ ।डब्लुयुएचओको सहयोगमा भइरहेको यो परीक्षण कंगोको राष्ट्रिय बायोमेडिकल अनुसन्धान संस्थान,बेलायतको अक्सफोर्ड विश्वविद्यालय,   एन्टवर्पको इन्स्टिच्युट अफ ट्रपिकल मेडिसिन र अन्य अन्तर्राष्ट्रिय स्वास्थ्य समूहहरूबीचको सहकार्य हो ।

परीक्षणको दोस्रो चरणमा स्वास्थ्यकर्मीसंक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरू र संक्रमणको उच्च जोखिममा रहेका अन्य मानिसहरूलाई समावेश गरिने उनले बताए ।स्थानीयबासीहरुले यस परीक्षणले आशाको सञ्चार गराएको प्रतिक्रिया दिएका छन् । बुनियाकी स्थानीय अड्रे तेङ्गेतेङ्गेले भनिन्, ‘यो परीक्षण सुरुङको छेउमा देखिएको उज्यालोजस्तै हो । सबै कुरा चाडैं अघि बढेर चाडैं राहत पाउने आशा हामीले राखेका छौं ।

निको भएर दुई हप्ताअघि मात्रै इबोला उपचार केन्द्रबाट डिस्चार्ज भएकी ग्ल्याडिस मुन्गुराले आफूले उपचार गराइरहँदा आफ्ना अन्य बिरामीहरू मरेको देखेको बताइन्।परीक्षण भइरहेका नयाँ उपचारहरूले बिरामीहरूको बाँच्ने सम्भावना बढाउने र प्रकोपलाई नियन्त्रणमा ल्याउन मद्दत गर्ने आशा उनले व्यक्त गरिन् ।

यो प्रयोगात्मक चरण हाम्रा लागि आवश्यक छ,’ मुन्गुराले एसोसिएटेड प्रेसलाई भनिन्,’उच्च जोखिममा रहेका व्यक्तिहरूका लागि परीक्षणको अर्को चरण सुरु हुने बित्तिकै म स्वयंसेवकको रूपमा तयार हुनेछु ।‘ तर केही मानिसहरुले अविश्वास पनि प्रकट गरेका छन् । बुनियाका एक पसल सञ्चालक नेल्सन धेबीले आफूले वैज्ञानिक अनुसन्धानलाई समर्थन गर्ने र सकारात्मक परिणामको आशा गर्ने बताए ।

तर यस परीक्षणले मृत्यु निम्त्याउन सक्ने उनको आशंका छ । ‘ सबैभन्दा पहिले हाम्रा निर्वाचित प्रतिनिधिहरूमा परीक्षण गरिनुपर्छकिनकि उनीहरूले नै हाम्रो प्रतिनिधित्व गर्छन्,’उनले भने । एजेन्सीहरू काे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *