प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको मनसुनी अवस्थाबारे जानकारी लिएका छन् । बबरमहलस्थित माैसम पुर्वा अनुमान विभागको कार्यालयमा पुगेर प्रधानमन्त्री ओलीले यस वर्षको मनसुनी अवस्थाबारे विज्ञसँग जानकारी लिएका हुन् ।
यस वर्ष जेठ १८ गतेदेखि असोज १४ सम्म मनसुन ऋतुको वर्षाको आँकलन गरिएको छ। यस मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान विभागले गरेकाेछ।
प्रधानमन्त्री ओलीसँगै ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्का पनि विभाग पुगेका थिए ।
