तीन प्रदेशको तराई भूभागमा गर्मी बढ्ने वहाड र हिमालमा बर्षा

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तीन प्रदेशका तराई भूभागमा हिजाेझै आजपनि तातो दिन हुने र गर्मी बढ्ने  बताएको छ ।

महाशाखाका अनुसा आज बिहीबार देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र सामान्तय बर्षाकाे संभावना छ साथै तराई भूभगमा आंशिक बादल लाग्नेछ । मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातोदिन कायमै रहने सम्भावना छ । हाल देशका  पश्चिम भूभाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

भाेली शुक्रबार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा, कोशी प्रदेशको तराई भूभागका एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ ।

भाेलि पनी मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईंमा तातो दिन हुने सम्भावना कायमै रहेकाेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *