डेङ्गु लाग्न नदिन कसरी सावधानी अपनाउने ?

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

पछिल्लो सयम डेङ्गु सङ्क्रमण जनस्वास्थ्यका रूपमा देखा पर्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाले यो वर्ष धेरै वर्ष हुने अनुमान गरेको छ । पानी बढी पर्ने भएकाले यो वर्ष डेङ्गुको सङ्क्रमण बढ्ने अनुमान गरिएको छ । सन् २०२५ को पाँच महिनामा नेपालमा ७१ जिल्लाबाट लगभग ११ सयको हाराहारीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । पानी पर्ने मौसम सुरु भएसँगै डेङ्गु लगायतका कीटजन्य रोगको सङ्क्रमण पनि बढ्ने गर्छ ।

डेङ्गु सङ्क्रमण कस्तो रोग हो ?

विश्व स्वास्थ्य सङ्गठन नेपाल कम्युनिकेबल डिजिज युनिटका नेसनल प्रोफेसनल डा.प्रकाश शाक्यका अनुसार डेङ्गु सङ्क्रमण एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने भाइरस हो । एडिज जातको लामखुट्टे नबग्ने सफा पानीमा फुल पार्ने गर्छ । डेङ्गु सङ्क्रमित मानिसलाई टोकेपछि लामखुट्टे डेङ्गु सङ्क्रमित हुने गर्छ । यस्तो लामखुट्टेले बिहान र बेलुकाको समयमा बढी टोक्ने गर्छ । उहाँले डेङ्गु सङ्क्रमित मध्ये एक प्रतिशतमा डेङ्गुका कडा लक्षण देखिने बताए  । डेङ्गुको चार वटा सेरोटाइप हुन्छन् । नेपालमा सबै भन्दा सेरोटाइप पुष्टि भए पनि एक, दुई, तीन सेरोटाइप बढी देखिने गर्छ ।

डेङ्गु कसरी सर्छ ?

विश्व स्वास्थ्य सङ्गठनका कीट विशेषज्ञ शिशिर पन्तले डेङ्गु सङ्क्रमण मानिसबाट मानिसमा सिँधै नसर्ने बताए  । सङ्क्रमित मानिसलाई लामखुट्टेले टोकेर पुन स्वस्थ मानिसलाई सङ्क्रमित लामखुट्टेले टोक्यो भने डेङ्गु सर्ने उहाँ बताउछन्  । एक पटक एउटा सेरोटाइप पुष्टि भएमा लामो समयसम्म सोही सेरोटाइप हुँदैन भन्ने अध्ययनले देखाएको छ । अर्को सेरोटाइप पुष्टि भएमा डेङ्गुका जटिल लक्षण देखिने गर्छन् ।

डेङ्गुका लक्षण 

डा.शाक्यका अनुसार डेङ्गुसङ्क्रमित ४० प्रतिशत बिरामीमा कुनै पनि लक्षण देखिँदैन । डेङ्गुका लक्षण नदेखिए पनि सङ्क्रमितबाट स्वस्थ मानिसमा सङ्क्रमण सर्ने उनको भनाइ छ । यो भाइरसबाट सङ्क्रमित भएपछि एकासी उच्च ज्वरो आउने, माशंपेशी दुख्ने, टाउको तथा जोर्नी दुख्ने, थकान महसुस हुने, बान्ता हुने जस्ता लक्षण देखिने छन् । गिजाबाट रगत बग्ने, तारन्तार बान्ता हुने, बान्तामा रगत देखिने, चिडचिडापन वा छटपटी हुने वा रिँगटा लाग्ने, छिटोछिटो सास फेर्न गाह्रो हुने, अत्याधिक पेट दुख्ने, लगातार डाइरिया हुने जस्ता गम्भीर लक्षण देखिने उनि  बताउछन्  । डेङ्गुका कडा लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्था लैजान डा.शाक्यको सुझाव छ । उनका अनुसार डेङ्गुको ज्वरो कम भैसकेपछि गम्भीर लक्षण देखिने गर्छन् । डेङ्गु ज्वरो बिग्रिदै गएमा किड्नी, फोक्सो लगायतका विभिन्न अङ्गमा असर गर्ने गर्छ । उनि भन्छन्   ,“डेङ्गुको ज्वरो कम भैसकेपछि, डेङ्गुका खतरनाक लक्षण देखिन्छन् । यस्तो अवस्थामा तुरुन्त उपचार थालिएन भने डेङ्गुबाट मानिसको मृत्यु पनि हुन सक्छ ।”

जोखिम समूह 

डेङ्गु सङ्क्रमणको जोखिममा रोग प्रतिरोधात्मक क्षमता कम भएका, ज्येष्ठ नागरिक, गर्भवती, पाँच वर्ष मुनिका बालबालिका, दीर्घरोगी हुने चिकित्सक बताउँछन् । यस्ता मानिसमा सङ्क्रमण भएमा कडा खालको लक्षण देखापर्ने गर्छन् ।

उपचार 

डेङ्गु रोगको कुनै पनि औषधी हुँदैन । डेङ्गु सङ्क्रमणको उपचार लक्षणका आधारमा गरिन्छ । चिकित्सकका अनुसार प्राय डेङ्गु सङ्क्रमणका लक्षण आफैँ हराएर जान्छन् । थोरै केसमा मात्र अस्पतालमा भर्ना गर्नु पर्ने अवस्था आउन सक्छ । डेङ्गु रोग घरमानै बसेर उपचार गर्न सकिन्छ । सङ्क्रमितले घरमानै बसेर उपचार गर्दा चिकित्सकको सल्लाह बमोजिम दुखाइ कम गर्ने र ज्वरो घटाउन प्यारासिटामोल खाना चिकित्सकको सुझाव छ । यदि बिरामीमा गम्भिर लक्षण देखिएमा तुरुन्त अस्पतालमा लैजान डा.शाक्यले आग्रह छ । डेङ्गु सङ्क्रमण भएको समयमा बु्र्फिन र एन्टिवायोटिन नखान चिकित्सकको सुझाव छ । यस्तो औषधीले प्लेटलेटलाई असर गर्ने डा.शाक्यको भनाइ छ । डेङ्गुका बिरामीले प्रसशस्मातत्र झोलीलो प्रदार्थ खान, आराम गर्न चिकित्सकको सुझाव छ । डेङ्गुलाई सामान्य मानेर हेलचेक्राई नगर्ने चिकित्सकको आग्रह छ ।

बच्ने उपाय 

डेङ्गु सङ्क्रमण हुन नदिन घरवरिपरि सरसफाइमा ध्यान दिने, लामखुट्टेको टोकाईबाट बच्न पुरै शरीर ढाक्ने लुगा लगाउने, झुल भित्र सुत्ने, लामखुट्टे भगाउन धूप वा मलम लगाउन चिकित्सकको सुझाव छ । लामखुट्टे नियन्त्रण गर्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, कार्यालय वरपरका पानी जम्ने सबै ठाउँ सफा गर्ने, पानी राख्ने भाडाँ बेलाबेलामा सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्ने गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *