गैरकानुनीरूपमा बसेका तीन नेपालीलाई अमेरिकाले गर्‍यो निष्कासन

अन्तराष्ट्रिय मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

गैरकानुनीरूपमा बसोबास गर्ने तीन जना नेपालीलाई अमेरिकाले निष्कासन गरेको छ। अमेरिकी अध्यागमनले लोकबहादुर ओली, लीलाबहादुर केसी र दीपक केसीलाई निष्कासन गरेको हो।

स्रोतका अनुसार लोकबहादुर गैरकानुनीरूपमा अमेरिकामा प्रवेश गरेका थिए। लीलाबहादुर र दीपक पनि गैरकानुनी तरिकाले अमेरिकामा बस्दै आएका थिए। स्रोतका अनुसार उनीहरू गत साता काठमाडौं आइपुगेका छन्। एयर इन्डियाको जहाजबाट उनीहरू काठमाडौं आएका हुन्। उनीहरूले अमेरिकामा कस्तो कानुन उल्लंघन गरेको भन्ने विषयमा खुलेको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि गैरकानुनी तरिकाले बसोबास गर्ने आप्रवासीहरू आतंकित बनेका छन्। उनले सपथ लिएकै दिन आप्रवासन सम्बन्धी नयाँ कार्यादेश जारी गरेका छन्।
जसअन्तर्गत गैरकानुनीरूपमा अमेरिकामा बस्दै आएका आप्रवासीहरूलाई फिर्ता पठाउने  नीति ट्रम्प प्रशासनले लिएको हो। राष्ट्रपति ट्रम्पले यसविरुद्ध कडारूपमा लाग्ने बताएका छन्।यसअघि पनि अमेरिकामा गैरकानुनी रूपमा बसोबास गर्दै आएका नेपालीहरू निष्कासनमा परेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *