मौसम बदली र वर्षाले आजदेखी आगामी केही दिन शीतल महसुस हुने

पछिल्लो केही दिनदेखि नेपालको तराई क्षेत्रमा तापक्रम घट्दा केही राहत महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदलीका कारण केही दिन विभिन्न जिल्लामा वर्षासहितको हावाहुरी चल्ने र तराई क्षेत्रमा शीतल महसुस हुने जनाएको छ । दुई दिनअघि तराइका विभिन्न जिल्लामा ४१ डिग्री नाघेको तापक्रम अहिले ३९ डिग्रीभन्दा तल रहेको जल तथा […]

Continue Reading

हरित ऊर्जातर्फ सिङ्गापुरको नयाँ कदम

सिङ्गापुरले सन् २०२७ जुलाई १ देखि रेफ्रिजरेसन र एयर कन्डिसनिङ उपकरणबाट हुने हरितगृह ग्यास उत्सर्जन नियन्त्रण गर्न नयाँ नियम लागु गर्ने भएको छ । राष्ट्रिय वातावरण एजेन्सीले बिहीबार जारी गरेको विज्ञप्तिमा ठुलो व्यावसायिक शीतलन प्रणाली र सवारी साधनको एयर कन्डिसनिङलाई समेत नयाँ नियमको दायरामा ल्याइने जनाएको हो । नयाँ व्यवस्था अन्तर्गत केन्द्रीय व्यावसायिक रेफ्रिजरेसन प्रणाली, […]

Continue Reading

मुस्ताङमा निर्मित २२ फिट अग्लो शालिग्रामको प्राण प्रतिष्ठान

मुस्ताङको घरपझोङ गाउँपालिका–४,जोमसोमस्थित कालिगण्डकी नदीको तटीय क्षेत्रमा निर्मित २२ फिटको शालिग्राम मूर्तिको प्राण प्रतिष्ठान गरिएको छ । दक्षिणाम्नाय शारदापीठ शृङ्गेरीका शंकराचार्य श्री विधुशेखर भारती सन्निधानमले दीप प्रज्वलन र फुलमाला चढाएर शालिग्राम शीलाको प्राण प्रतिष्ठान गरेका हुन  । घरपझोङ गाउँपालिका र ललितकला प्रज्ञाप्रतिष्ठानको प्राविधिक सहयोगमा निर्मित शालग्रामको प्राण प्रतिष्ठान गदैं शंकराचार्य श्री विधुशेखरले विश्वभर कालीगण्डकी नदीमा मात्र […]

Continue Reading

एसियन गेम्स छनोट : नेपाली क्रिकेट टोलीको बिदाइ

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सिंगापुरमा मे ३१ देखि जुन ८ तारिखसम्म हुने एसियन गेम्स क्रिकेट छनोट खेल्न जाने नेपाली पुरुष क्रिकेट टोलीको बिदाइ गरेको छ । क्यानले बिहीबार आयोजित कार्यक्रमबिच खेलाडीको बिदाइ गरेको हो ।  छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा मलेसिया र चीन छ । समूह ‘बी’ मा ओमान, हङकङ, […]

Continue Reading

इरानले थाल्यो प्रत्याक्रमण– अमेरिकी सैन्य अड्डामाथि निशाना बनाएको आईआरजीसीको दाबी

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले दक्षिणी इरानमा अमेरिकाले पुनः आक्रमण गरेपछि आफूहरूले अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको दाबी गरेको छ । आईआरजीसीले उक्त सैन्य अड्डा कहाँको हो भन्ने खुलाएको छैन । तर, अमेरिकी सैन्य अड्डा रहेको कुवेतले शत्रुतापूर्ण क्षेप्यास्त्र र ड्रोनको खतरा अवरोध गरिएको जनाएको छ । ती कहाँबाट प्रहार गरिएका थिए भन्ने भने […]

Continue Reading

विपी राजमार्ग पुनर्निर्माणको काम अघि बढ्यो

आठ महिनाअघि बाढीले ध्वस्त पारेको बिपी राजमार्ग पुनर्निर्माणको काम तिब्र गतिमा अघि बढेको छ । पूर्वाधार विकास सचिव गोपालप्रसाद सिग्देल, नेपालका लागि जापानका राजदूत माएदा तोरुलगायतले दुई दिन अघि शिलन्यास गरेको सडक पुर्ननिर्माणको कामले गति लिएको हो । उक्त राजमार्ग  पुनर्निर्माणको काम जापानको सहयोगमा चलिरहेको छ । गतवर्षको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गको ३० किलोमिटर सडकखण्डमा क्षति […]

Continue Reading

पूर्वाधार विस्तारमा प्रगति : सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक पूर्वाधार, यातायात तथा सञ्चार क्षेत्रमा पछिल्ला वर्षमा लगानी विस्तारसँगै सडक सञ्जाल, रणनीतिक मार्ग तथा डिजिटल पहुँचमा उल्लेख्य प्रगति भएको देखिएको छ। आर्थिक सर्वेक्षण २०८२/८३ ले सडक निर्माण, राष्ट्रिय गौरवका आयोजना तथा सञ्चार पूर्वाधार विस्तारमा प्रगति भएको देखाएको छ। सर्वेक्षणअनुसार सङ्घीय सरकारबाट निर्मित कालोपत्रे सडकको घनत्व १३८.७ मिटरप्रति […]

Continue Reading

बुढीगंगा नदीमा मनसुनजन्य अभ्यास, कृत्रिम घाइतेहरूको उद्धार

अछामको साँफेबगरस्थित बुढीगंगा नदीमा विपतजन्य पूर्वाभ्यास गरिएको छ । मनसुन नजिकिँदै गर्दा पूर्वसतर्कताका लागि बिहीबार यस्तो अभ्यास गरिएको हो ।  जिल्ला प्रशासन कार्यालय, गोरख बक्स गण मंगलसेन ब्यारेक, सशस्त्र प्रहरी बल नम्बर ४९ गुल्म र नेपाल प्रहरीको टोलीले पहिरो, आगलागी तथा बाढी आउँदा नदीमा बगेकाहरूको उद्धार र प्राथमिक उपचारबारे कृत्रिम अभ्यास गरेर  पूर्वसतर्कताका उपाय प्रदर्शन गरेको […]

Continue Reading

तराईमा गर्मी, ‘हिल स्टेशन’मा चहलपहल

तराईमा सहनै मुस्किल हुने गर्मी र तातो हावा चल्ने गरेको छ । गर्मीका कारण दिउँसो घरबाहिरका गतिविधि सुनसान देखिन्छन् । यतिबेला गर्मी छल्नकै लागि कतिपय मौका छोपेर पहाड उक्लने गरेका छन् । तराईको ताप छल्न आउनेले पहाडका गन्तव्यमा भीड लाग्ने गरेको छ । गर्मी छल्न पहाड उक्लनेहरु व्यक्तिगत भन्दा पारिवारिक तथ साथीभाईको समूहमा जाने धेरै देखिन्छन् । स्वदेशीमात्र होइन भारतका विभिन्न सहरबाट […]

Continue Reading

विद्यालयमा आगलागी : केन्यामा १६ विद्यार्थीको मृत्यु, ७४ जना घाइते

केन्याको राजधानी नैरोबीबाट करिब १२० किलोमिटर पश्चिम गिलगिलस्थित एक बोर्डिङ स्कुलमा भएको आगलागीमा १६ जना विद्यार्थीको मृत्यु छ । आगलागीबाट अन्य ७४ विद्यार्थी घाइते भएको र उनीहरूको अस्पतालमा उपचार भइरहेको घटनास्थलमा उपस्थित एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । केन्या रेड क्रस र प्रहरीका अनुसार युटुमिशी गल्र्स स्कुलको होस्टेलमा विद्यार्थीहरू सुतिरहेका बेला बिहीबार बिहान सबेरै आगलागी […]

Continue Reading