रोड युएफसीमा नेपाली रविन्द्र ढाँटको ऐतिहासिक जित

नेपाली फाइटर रविन्द्र ढाँट रोड टु युएफसीमा विजयी भएका छन् । ढाँट फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै विजेता बनेका हुन  ।विश्व प्रतिष्ठित च्याम्पियनसिप युएफसीको छनोट प्रतियोगितामा उनले सोझो जित निकालेका हुन ।  ढाँट युएफसीमा विजयी हुने पहिलो नेपाली फाइटर बनेका हुन  । नेपालका रविन्द्रले दोस्रो राउन्डमा आफ्ना प्रतिद्वन्द्वीलाई भुइँमा ढालेर लगातार मुक्का प्रहार गर्दै ‘नकआउट’ जित […]

Continue Reading

पृथ्वीचोकका संरचना भत्काइँदै, बाइपास सडक बन्ने

पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको मिलनविन्दु पृथ्वीचोकमा बिहीबार बिहानदेखि अतिक्रमित संरचना हटाउन थालिएको छ । पृथ्वीचोकबाट नयाँबजारतर्फ जाने हङकङ बजारअगाडि विभिन्न सङ्घसंस्थाका भवन भत्काउने काम सुरु गरिएको हो । विभिन्न सरकारी संस्थानका जग्गामा नेपाली कांग्रेस र नेकपा (एमाले) निकट मजदूर सङ्गठनहरूले भवन निर्माण गरी कार्यालय सञ्चालन गर्नुका साथै भाडामा समेत लगाउँदै आएको पाइएको छ । […]

Continue Reading

भाेलि शुक्रबार तीन प्रदेशका विभिन्न स्थानमा हावाहुरीको सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि शुक्रबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेशका तराई र पहाडी भूभाग तथा बाँकी तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ । हाल नेपालमा देशका […]

Continue Reading

विश्वकप छनोट : नेपालको नालीबेली

यो तथ्य त सबैले मानेकै छन्, फुटबलको विश्वकप जित्न बरू सजिलो होला, यसमा छनोट हुन गाह्रो छ । विश्वकपको छनोट आफैंमा कति गाह्रो छ, यो तथ्य इटालीभन्दा अरूलाई थाहा हुने नै भएन । विश्व फुटबलको महाशक्ति रहेको इटाली छनोट चरणमै रोकिएको तीनपल्ट भइसकेको छ । इटालीको मिडियाले यो असफलताको क्रमलाई त्यहाँको फुटबलमा प्रलय मानेको छ । अमेरिका, क्यानडा र […]

Continue Reading

इरानसँगको वार्ताप्रति ट्रम्प असन्तुष्ट, तर सम्झौता हुनेमा आशावादी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको वार्ता हालसम्म अपेक्षा गरेअनुरूप हुन नसकेको बताएका छन्। यद्यपि, अन्ततः सम्झौता हुनेमा आफू विश्वस्त रहेको उनले स्पष्ट पारेका छन्। वार्ताका विषयमा टिप्पणी गर्दै ट्रम्पले भने, ‘इरानसँगको वार्ता अहिलेसम्म सफल हुन सकेको छैन। वर्तमान स्थितिबाट हामी सन्तुष्ट छैनौँ, तर भविष्यमा सकारात्मक परिणाम आउन सक्छ।’ उनले अगाडि थपे, ‘या त यो […]

Continue Reading

मिडियाको आवरणमा उच्छृंखल गतिविधि बढ्यो : काउन्सिल

प्रेस काउन्सिल नेपालले मिडियाको आवरणमा उच्छृंखल गतिविधि बढेको भन्दै चिन्ता जनाएको छ। काउन्सिलले आफ्नो स्वअनुगमनबाट सञ्चार क्षेत्रमा गम्भीर प्रवृत्ति देखिएको बताउँदै मर्यादित पत्रकारिता गर्न अपिल गरेको हो। सहप्रशासकीय अधिकृत तथा सहप्रवक्ता रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा अनलाइन न्यूज पोर्टल दर्ता गरेर सामग्री नहाल्ने, तर भ्युअर र ‘मोनिटाइजेसन’ बढाउन युट्युब, फेसबुक पेज तथा रिलमार्फत अपुष्ट सामग्री […]

Continue Reading

राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत

प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । त्यसैगरी ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ । ती दुई विधेयक प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सभामा प्रस्तुत गरेकी […]

Continue Reading

रुसले बनायो नयाँ इबोला खोप

अफ्रिकामा इबोला सङ्क्रमणको जोखिम बढिरहेका बेला रुसले इबोलाको नयाँ स्ट्रेनविरुद्ध प्रभावकारी हुन सक्ने खोप विकास गरेको दाबी गरेको छ । दक्षिण अफ्रिकास्थित रुसी दूतावासका अनुसार रुसी वैज्ञानिकहरूले तयार पारेको उक्त खोपले हाल प्रकोपसँग जोडिएको दुर्लभ ‘बुन्डिबुग्यो’ स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखाएको छ । दूतावासले रुसी स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोलाई उद्धृत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको […]

Continue Reading

मनाइँदै बकर इद (इदुल जोहा)

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) बिहीबार देशभरका मस्जिदमा मनाउँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ । […]

Continue Reading

सगरमाथामा बढ्दो मानव चापप्रति चिन्ता

पर्वतारोहणमा सक्रिय आरोहीहरू ले सगरमाथामा बढ्दो मानवीय गतिविधि, जलवायु परिवर्तन, थुप्रिँदै गएको फोहोर र आरोहणमा शेर्पा समुदायका युवाको घट्दो आकर्षणबारे चिन्ता व्यक्त गरेका छन्  । हिमपहिरो, बढ्दो हिउँ पग्लिने क्रम, खुम्बु क्षेत्रमा बढ्दै गएका हिमचिरा र सगरमाथा आरोहणको बढ्दो होडबाजीले हिमालमा थुप्रिँदै गएको मानव फोहोरका कारण मात्रै पर्वतारोहणमा चिन्ता थपिएको छैन, शेर्पा पथप्रदर्शकले जोखिम मोल्दै […]

Continue Reading