इरानसँगको वार्ताप्रति ट्रम्प असन्तुष्ट, तर सम्झौता हुनेमा आशावादी

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको वार्ता हालसम्म अपेक्षा गरेअनुरूप हुन नसकेको बताएका छन्। यद्यपि, अन्ततः सम्झौता हुनेमा आफू विश्वस्त रहेको उनले स्पष्ट पारेका छन्।

वार्ताका विषयमा टिप्पणी गर्दै ट्रम्पले भने, ‘इरानसँगको वार्ता अहिलेसम्म सफल हुन सकेको छैन। वर्तमान स्थितिबाट हामी सन्तुष्ट छैनौँ, तर भविष्यमा सकारात्मक परिणाम आउन सक्छ।’ उनले अगाडि थपे, ‘या त यो वार्ताको बाटो सफल हुनेछ, अन्यथा हामीले आफैँ अघि बढेर काम पूरा गर्नुपर्ने हुन्छ।’ इरानी नेतृत्वको चर्चा गर्दै ट्रम्पले उनीहरू ‘कमजोर अवस्था’ मा रहेर वार्ता गरिरहेको दाबी गरे।

‘हेरौँ के हुन्छ। हुन सक्छ हामीले पुनः कदम चालेर कारबाही पूरा गर्नुपर्ने परिस्थिति आउनेछ, वा सायद यसको आवश्यकता नै पर्ने छैन,’ ट्रम्पले भने। इरानको इस्लामिक गणतन्त्रका नेताहरू सम्झौताका लागि ‘निकै उत्सुक’ रहेको दाबी समेत उनले गरे।  मुद्राको मूल्य लगभग समाप्त भएको उनले उल्लेख गरे।

ट्रम्पले इरानलाई कुनै पनि हालतमा आणविक हतियार राख्ने अनुमति दिन नसकिने कुरा पुनः दोहोर्‍याए। उनले भने, ‘मलाई लाग्छ, यतिबेला इरान केवल सम्झौता गर्न चाहन्छ। उनीहरूसँग अरू कुनै विकल्प नै छैन।’

‘अपरेशन एपिक फ्युरी’ का क्रममा अमेरिकाले विश्वमा आतंकवादलाई प्रश्रय दिने सबैभन्दा ठूलो देशसँग आणविक हतियार हुन नसक्ने कुरा स्पष्ट पारिसकेको ट्रम्पले स्मरण गराएल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *