सुदूरपश्चिमका पहाडी जिल्लामा गएरातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढेको छ। पानीको बहाब बढेपछि शनिबार बिहानदेखि शारदा ब्यारेजको (बनबासा)पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। शनिबार दिउँसो पानीको बहाब एक लाख ७० हजार ६०६ क्यूसेक मापन गरिएको थियो।
प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दिउँसो यता पहाडी क्षेत्रमा वर्षा कम हुँदै गएकोले पानीको बहाब घट्दोक्रममा रहेको छ ।यसैगरी शनिबार साझ ६ः१५ बजे बनबासा पुलमा रहेको बाढी मापन केन्द्रमा पानीको बहाव एक लाख ३१ हजार ०५८ क्यूसेक मापन गरिएको छ ।
नेपाल भारत सीमामा रहेको बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन आवतजावतमा रोक लगाइएको छ। दुई पाङ्ग्रे सवारी साधन र मानिस आवतजावत चालु रहेको जनाएको छ।
