वीरगञ्जमा हैजाको प्रकोप : झाडापखालाबाट दुई जनाको मृत्यु

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

वीरगञ्जमा हैजा प्रकोपबाट दुई जनाको मृत्यु भएको छ। अन्य दुई सय जनामा सङ्क्रमण पुष्टि भएको छ। संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार मृतकमा हैजाको लक्षण देखिए पनि झाडापखालाबाट मृत्यु भएको पाइएको छ। मृतक वीरगञ्ज महानगरपालिका–१२ का ३५ वर्र्षीय महिला र पोखरीया नगरपालिका– १ शिवबरवाका एक पुरुष रहेका छन्। मृतकको पहिचान खुलाइएको छैन।

शुक्रबार वीरगञ्ज महानगरपालिका–१२ र्मुली नयाँ टोलका बासिन्दामा हैजा संक्रमण देखिएको थियो। शनिबारसम्म  वडा नम्बर १२, १३ र १६ मा हैजाको लक्षण तीव्ररुपमा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जानकारी दिएकाे छ ।

हैजाको सङ्क्रमण समुदाय स्तरमा फैलिएपछि वीरगञ्ज महानगरपालिकाले अस्पतालका प्रमुखसँग छलफल तथा समन्वय गरेर ठोस नीति बनाएर २४ वटा टिम गठन गरी तीव्ररुपमा काम भइरहेको नगर प्रमुख राजेशमान सिंहले बताए । उनले हैजाको लक्षण जनस्तरमा देखिएपछि आइतबार र सोमबारसम्मका लागि निजी तथा सामुदायिक विद्यालय बन्द गरिएको जानकारी समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *