धनगढीमा सर्पकाे बिगबिगी नगर प्रहरीद्वारा दुई हजार बढी सर्पको उद्धार

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

कैलाली धनगढीमा दुई हजार बढी सर्पको उद्धार गरिएको छ । धनगढी उपमहानगरपालिको नगर प्रहरी बलले साढे दुई वर्षको अवधिमा  दुई हजार १२ सर्पको उद्धार गरेको हो ।

उपमहानगरपालिकाको नगर प्रहरी बलले हालसम्म विभिन्न प्रजातिका सर्पको उद्धार गरेको जनाएको छ । २०८० मा सर्प उद्धारसम्बन्धी तालिम लिएर नगर प्रहरी बलले सो काम थालेको थियो । तालिम प्राप्त नगर प्रहरीले धनगढी उपमहानगरपालिकासहित छिमेकी पालिका पुगेर सर्प उद्धार गर्ने काम गर्दै आएको छ ।

नगर प्रहरीले अजिंगर, करेत, कमन करेत, लक्ष्मी नाग, कालो गोमन, गोमन, राज गोमन (किङ कोब्रा), कमन कोब्रा, भाइपर पिट लगायतका सर्पको उद्धार गरेको उपमहानगरको नगर प्रहरी बलले जनाएको छ ।

नगर प्रहरीले उद्धार गरेर ल्याएको सर्पलाई सुरक्षित स्थानमा छोड्ने गरेको छ । यसअघि, सर्प उद्धारकर्ता नहुँदा घरभित्र देखिएका धेरैजसो सर्पलाई मार्ने गरिएको थियो ।

आजकाल घर वा घर आसपासमा सर्प देखिएपछि मान्छेले उद्धारका लागि नगर प्रहरीलाई बोलाउने गरेको जनाइएको छ । नगर प्रहरीले सर्प उद्धारको काम थालेपछि धेरैको ज्यान जोगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *