दुम्कीबासको विनयी खोलाकाे नया पुल निर्माण पुरा आजबाट सवारी साधन चल्ने

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

पूर्व/पश्चिम  महेन्द्र   राजमार्ग अन्तर्गत दुम्कीबासस्थित बुटवल/नारायणगढ खण्डको विनयी खोलामा पुल निर्माणको काम सम्पन्न भएको छ । पुल कालोपत्रे गरिएसँगै आजबाट पुल यातायात का लागी सूचारु गर्न लागीएको नारायणगढ/बुटवल सडक आयोजनाले जानकारी दिएको छ ।

पाँच दशक पुरानो पुल भत्किएपछि यहाँ डाइभर्सन बनाएर यातायात चलाइएको थियो । डाइभर्सन समेत खोलामा पानीको बहाव बढ्दा बगाइरहने समस्याले  हरेक दिन जसो यातायात सञ्चालनमा सास्ती हुदै आएकाे थियो । सडक विस्तार आयोजना पूर्वीखण्डका सूचना अधिकारी शिव खनालले २४५ मिटर लामो पुल आज  बिहान ११ बजेदेखि सञ्चालन गरिने जानकारी दिए ।

७.५ मिटर चौडाइ भएको पुलको देब्रे भागमा फुटपाथसमेत रहेको छ । यो पुल नबन्दा खोलामा डाइभर्सन बनाएर निकै जोखिमपूर्ण रुपमा सवारी साधानहरु वारपार गर्दै आएका थिए । गत पुस २६ गते एक भारतीय ट्रकले पुरानो फलामे पुल भाँचिदिएपछि अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो । बनाइएको डाइभर्सन पटकपटक खोलाले बगाउँदा पूर्व पश्चिम महेन्द्र  राजमार्ग नै अवरुद्ध हुँदै आएको  जसले गर्दा घण्टौंसम्म कयौं किलोमिटर लामो सवारी जाम हुने गरेकाे थियो ।

डाइभर्सनबाट जान नसक्ने साना सवारी साधनहरुले घुमाउरो सडकको प्रयोग गर्दै आएका थिए । अब पुल सञ्चालनमा आएपछि यात्रा सहज हुने सूचना अधिकारी खनालले बताए । दाउन्ने क्षेत्रमासमेत सडक विस्तारको लागि कामका साथसाथै र बर्षामा यातायातको सहज सञ्चालनका लागि प्रयास भैरहेको आयोजनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *