जगदम्बा स्टील उद्योगमा विस्फोट

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

जगदम्बा स्टील उद्योगमा बुधबार राति सावा ९ बजेतिर ठुलो विस्फोट भएको छ। जितपुर सिमरा उपमहानगरपालिका स्थित मेनरोडमा रहेको सो उद्योगमा कबाडी फलाम पगाल्ने बिघुतीय भट्टी विस्फोट हुँदा एक भारतीय मजदुर घाइते भएको बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए  ।

उनका अनुसार एक भारतीय मजदुर घाइते भएको उद्योग प्रशासनको दाबी रहे पनि आफै उद्योगमा पुगेर बिष्फोटको बारेमा जानकारी लिएको बताउदै  बिष्फोटबाट कुनै मानवीय क्षति नभएको बताए  । उद्योगको मात्र भौतिक क्षति भएकाले प्रहरी टोलीले यस घटनाको विस्तृत अनुसन्धान सुरु गरिसकेको उनकाे भनाइ छ ।

यता उद्योगमा ठुलो विस्फोट हुँदा स्थानीय बासिन्दा त्रसित भएको बताएका छन् । कबाडी गलाउने भट्टीमा करिब १० देखि १५ जना मजदुर काम गर्ने गरेको हुँदा सो विस्फोटबाट उद्योगमा काम गर्ने अन्य मजदुरहरू पनि हताहत भएको हुनसक्ने आशंका भएको स्थानीयहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *