कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

यस वर्ष कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत वर्षको तुलनामा यो वर्ष ९ प्रतिशतले नतिजा सुधार भएको छ।

गत चैत्र २१ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा पाँच लाख १० हजार विद्यार्थी सहभागी थिए। नतिजाअनुसार ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेडेड भएका छन्।

ननग्रेडेड हुनेमध्ये सबैभन्दा बढी अनिवार्य अंग्रेजीमा छन्। उक्त विषयमा ६१ हजारभन्दा बढी विद्यार्थी ननग्रेडेड भएका हुन्। बोर्डले आगामी २८ र २९ भदौमा ग्रेड वृद्धि परीक्षा हुने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *