उच्च अदालतकाे आदेश पाटन पछि दुर्गा प्रसाई डिल्लीबजार कारागारबाट रिहा

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

व्यवसायी दुर्गा प्रसाई डिल्लीबजार कारागारबाट छुटेका छन्। राति साढे १० बजे उनी जेलमुक्त भएका हुन्। उच्च अदालत, पाटनले दुई वटा छुट्टाछुट्टै मुद्दामा उनलाई धरौटीमा छाड्न सोमबार आदेश दिएको थियो ।

राजतन्त्रको पक्षमा गत १५ चैतमा भएको आन्दोलनलाई योृजनाबद्ध रुपमा हिंसात्मक बनाएको आरोपमा उनी २६ चैतमा पक्राउ परेका थिए। त्यही क्रममा उनीविरुद्ध बैंकबाट ऋण दुरुपयोग गरेको अभियोग पनि लगाइएको थियो। बैंकिङ कसुरमा २५ लाख र तिनकुने घटनाको मुद्दामा उनलाई उच्चले ३ लाख धरौटी माग गरेको थियो । सोमबार नै धरौटी बुझाएर उनी रिहा भएका हुन्।

रिहा हुँदा समर्थकहरु उनलाई स्वागत गर्न कारागार अगाडि पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *