नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ : सरकार

अन्तराष्ट्रिय मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

सरकारले नेपाल एक चीन नीतिप्रति दृढ र प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल आफ्नो स्थापित नीतिमा अडिग रहेको जानकारी दिइएको हो । केही दिनअघि नेपालमा दलाई लामाको जन्मदिन मनाउन सरकारले अनुमति दिएको विषयलाई लिएर संसद्मा ‘नेपाल एक चीन नीतिविपरीत गएको हो ?’ भनी प्रश्न उठेको थियो ।

सोही जिज्ञासाको जवाफ दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाल आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकको हितविपरीत प्रयोग हुन नदिने स्थापित नीतिमा अडिग रहेको बताए  । उनले नेपालले आफ्नो भूभाग कुनै पनि मित्रराष्ट्रको विरुद्धमा प्रयोग हुन नदिने स्पष्ट पारे  ।

प्रवक्ता क्षेत्रीले भने , “नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध छ । नेपालले आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकको हितविपरीत प्रयोग हुन नदिने स्थापित नीतिमा अडिग छ । हामी हाम्रो नेपाली भूमि कुनै पनि मित्रराष्ट्रको अहितमा प्रयोग हुन नदिने विषयमा दृढ छौँ । सोही प्रतिबद्धताबमोजिम सरकारको नीति र अडान यथावत् छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *