भारतको दक्षिणी राज्य केरलमा पहिरो जाँदा ज्यान गुमाउनेको सङ्ख्या सात जना पुगेको उद्धारकर्ताले जनाएका छन् । घटना स्थलबाट एउटा शवको बरामद गरिसकेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
पछिल्लो उद्धार प्रयासपछि एक जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । केरलाको राजधानी सहर तिरुअनन्तपुरमबाट करिब ४८८ किलोमिटर उत्तरमा वायनाड जिल्लाको कल्लाडीमा रहेको मीनाक्षी पुल नजिकै भारी वर्षाको कारण पहिरो गएको अधिकारीहरुले जनाएका छन् । अधिकारीहरूका अनुसार मलप्पुरम र वायनाड जिल्लालाई जोड्ने अनक्कम्पोयिल-मेप्पाडी टनेल सडक परियोजना नजिकै पहिरो गएको हो । सिन्ह्वा
