सेयर बजारमा २०.४८ अंकको गिरावट,कारोबार रकम ३ अर्बमा सीमित

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा अडिएको हो।

यसदिन ३५९ वटा स्क्रिप्सको ९० लाख ३ हजार  ३८८ कित्ता सेयर ३ अर्ब २७ करोड ९५ लाख ९ हजार  ८३६ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३२ वटा स्टक्सको मूल्य बढ्दा २४२ वटाको घट्यो । ४ वटा स्टक्सको मूल्य स्थिर रह्यो।

दोहोरो अंकले घटेको बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। १०.३० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड डिवेन्चरको सेयर सर्वाधिक ५.७५ प्रतिशतले बढ्यो।

२२ करोड मूल्य बराबरको कारोबार  गरी घलेमादी हाइड्रोपावर शीर्षस्थानमा रह्यो।  हाथवे इन्भेस्टमेन्ट नेपाल र शिवम् सिमेन्टले ८/८ करोडको सेयर कारोबार गरे। यसैगरी हिमालयन डिस्टिलरी र पिपुल्स हाइड्रोपावरले ७/७ करोडको कारोबार गरे।

ट्रेडिङ समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *