डा. केसीले धनगढीमा २३औँ अनशन गरे

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

चिकित्सा शिक्षा सुधारका लागी भन्दै बिबादित प्रा.डा. गोविन्द केसीले धनगढीको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २३ औँ अनशन सुरु गरेका  छन्।सरकारले चिकित्सा शिक्षातर्फ (एमबीबीएस) को सिट सङ्ख्या बढाएको विरोधमा चार बुँदे माग राख्दै डा. केसीले अनशन सुरु गरेका हुन् ।

चिकित्सा शिक्षा आयोगको २१औं बैठकले एमबीबीएसमा एक हजार ३५९ सिट थपेर दुई हजार ६३५ र बीडीएसको सिट ६२५ पुर्‍याएको थियो। आयोगले सय सिट सङ्ख्या तोकेको सबै निजी मेडिकललाई सिट बढाएर १३० पुर्‍याएको छ।

सरकारले बढाएको सिट सङ्ख्या बढाउने निर्णय फिर्ता लिन माग गर्दै आएका डा. केसीले सरकारले कुनै चासो नदिएपछि आइतबारबाट तीन दिनको लागि अनशन सुरु गरेका हुन्। डा. केसीले २०६९ देखि चिकित्सा शिक्षा सुधारका माग राख्दै अनशन बस्न सुरु गरेका थिए । सधै बिबादित बनेकाे उनकाे अनसन कार्यक्रममा राजनिति हुने गरेकाे बताइन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *