इरानबारे ठूलो निर्णय लिएको ट्रम्पको दाबी

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सन्दर्भमा एक महत्वपूर्ण निर्णय लिएको दाबी गरेका छन्। उनले उक्त निर्णय शीघ्र कार्यान्वयनमा ल्याइने समेत स्पष्ट पारेका छन्।

शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘हामीले इरानको विषयमा एउटा निर्णय गरिसकेका छौँ, जसलाई म चाडै नै लागू गर्नेछु।’

इरानको वर्तमान आर्थिक तथा राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै उनले अगाडि थपे,’ इरान आन्तरिक रूपमा ध्वस्त भइसकेको छ। त्यसैले अब मुख्य प्रश्न भनेकै यो प्रक्रिया सहज तरिकाले अगाडि बढ्छ कि कठिन तरिकाले भन्ने मात्र हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *