भाेली शुक्रबार राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

 रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को असोज १३ गतेको सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार अधिवेशन २०८३ साल असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *