सप्तकोसी नदीको जलसतह दुई लाख नाघ्यो

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

पहाडी क्षेत्रमा निरन्तर वर्षा भएपछि सप्तकोसी नदीमा आज  बिहानदेखि जलसतह उच्च हुँदै गएको छ  बेलुका ६ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले कोसीमा पानीको बहाव २ लाख १५ हजार १३५ क्युसेक प्रतिसेकेन्ड मापन गरेको छ ।

यसअघि आजै  दिउँसो ४ बजेको मापन अनुसार कोसी ब्यारेजमा २ लाख ९ हजार ८४० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको थियो । कोसीमा जलसतह बढेसँगै अहिले ब्यारेजका ५६ ढोकामध्ये २९ वटा ढोका खोलिएको ब्यारेज कन्ट्रोल रुमका कर्मचारी मनिषकुमार यादवले जानकारी दिए  ।

ब्यारेज कन्ट्रोल रुमका अनुसार आज  बिहान कोसीको बहाव १ लाख ७६ हजार ३०५ क्युसेक प्रतिसेकेन्ड मापन गरिएको थियो । यो वर्षको वर्षायाम सुरु भएयता आज नदीमा सबैभन्दा उच्च जलसतह मापन गरिएको हो ।

पहाडी जिल्लाहरूमा भारी वर्षा जारी रहेकाले कोसी नदीमा पानीको बहाव लगातार बढ्दो क्रममा रहेको छ । कोसी नदीमा पानीको सतह उच्च भए पनि यो समाचार तयार पार्दासम्म नदीले पूर्वी तटबन्धमा कुनै क्षति पुर्‍याएको छैन । मधुवन, राजावास, प्रकाशपुर लगायतका पूर्वी तटबन्ध क्षेत्रमा हालसम्म कुनै खतरा नरहेको प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *