मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले कार्यक्रम गर्न रोक लगाएको छ । झापाबाट काठमाडौं फर्किएका प्रसाईंले विमानस्थल क्षेत्रमा कार्यक्रम गर्न खोजेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले रोक लगाएको हो ।
निषेधित क्षेत्रमा कार्यक्रम गर्न रोक लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए । उनले भने, ‘पोस्टर राखेर कार्यक्रम गर्ने तयारी गर्नुभएको रहेछ, हामीले रोकेका छौँ ।’
