सिङ्गापुरलाई १५१ रनले पराजित गर्दै नेपालको शानदार जित

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

एसीसी यू १९ महिला प्रिमियर कपमा नेपालले सिङ्गापुरलाई १५१ रनले पराजित गरेको छ। मलेसियाको वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले बिना कुनै विकेटको क्षति १९९ रन बनाएको थियो।

नेपालले दिएको २०० रनको विशाल लक्ष्य पछाएको सिङ्गापुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ४८ रन मात्रै बनाउन सक्यो।

सिङ्गापुरको लागि अंकिता वर्षा राजले सर्वाधिक १९ रन बनाइन्‌। उनीबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि बलिङतर्फ अनुकडायतले सर्वाधिक ३ विकेट लिइन्। मनिषा उपाध्याय र रिया शर्माले २/२ विकेट लिँदा सोनी पाख्रिनले १ विकेट लिइन्।

 त्यसअघि ब्याटिङ गरेको, नेपालका लागि नेपालका ओपनरद्वय साना प्रविण र सावित्री धामीले पहिलो विकेटका लागि १९९ रनको साझेदारी बनाएर खेले। नेपालका लागि साना प्रविणले ७० बलमा १३ चौकासहित ९८ रनमा अविजित रहिन्। अर्की ओपनर सावित्री धामीले ५३ बलमा समान १३ चौका सहित ७८ रन बनाउँदै अविजित रहिन्।‌

सिंगापुरले ६ जना बलर लगाउँदा पनि नेपालको विकेट लिन सकेन। नेपालले पहिलो खेलमा कतारलाई १०५ रनले हराएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *