टर्कीएमाथि युवा टोली अष्ट्रेलियाको जित

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

फिफा विश्वकप–२०२६ को समूह ‘डी’ अन्तर्गत अष्ट्रेलियाले टर्कीएलाई २–० ले पराजित गरेको छ । क्यानडाको बीसी प्यालेस स्टेडियममा भएको खेलमा पहिलो हाफमा इरानकुन्डाको गोलमार्फत अग्रता बनाएको अष्ट्रेलियाका लागि खेलको ७५ औं मिनेटमा कोरन मेट्काल्फले उत्कृष्ट गोल गर्दै अष्ट्रेलियाको जित सुनिश्चित गरेका हुन् ।

यो खेलमा अष्ट्रेलियाका १० खेलाडी पहिलो पटक विश्वकप खेलिरहेका खेलाडी हुन् । अष्ट्रेलियाको युवा टोलीको प्रदर्शन निकै नै आकर्षक रह्यो । यो जितसँगै अष्ट्रेलियाले समूह चरणको पहिलो खेलबाट ३ अंक जोडेको छ । गोल अन्तरमा अमेरिका भन्दा पछि रहँदा अष्ट्रेलिया दोस्रो स्थानमा रहनेछ ।
खेलको २७ औं मिनेटमा नेष्टोरी इरानकुन्डाले गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए ।उनले ३ जना डिफेन्डरलाई बिट गर्दै गोल गरेका हुन् । उनको गतिले टर्कीएको डिफेन्डरलाई गाह्रो बनायो । पहिलो हाफको ३० औं मिनेटमा टर्कीएले हानेको प्रहार किपरको हात र पोष्टमा लाग्दै बाहिरिँदा टर्कीएले राम्रो अवसर सदुपयोग गर्न सकेन । पहिलो हाफको अन्तिम समयसम्म पनि टर्कीएले अवसरहरु सिर्जना गर्‍यो तर फिनिस गर्न सकेन ।

खेलको ५६ औैं मिनेटमा टर्कीएले ‘डी’ बक्सको ठिक बीचमा फ्रि किक पाउँदा पनि फिनिस गर्न सकेन । अष्ट्रेलियााको डिफेन्स र गोलकिपरको पनि प्रशंसनिय प्रदर्शन रह्यो ।  खेलको ७५ औं मिनेटमा अष्ट्रेलियाले दोस्रो गोल ग¥यो । कोनर मेट्काल्फले उत्कृष्ट गोल गरे । बल पोजिसन र सटहरु प्रहार गरे पनि टर्कीएको फिनिस भने हुन सकेन ।

समूह ‘डी’ अन्तर्गत अमेरिका पराग्वेलाई ४–१ ले पराजित गर्दै पहिलो खेलमा कतार र स्विट्जरल्यान्डले १–१ बराबरी खेले । दोस्रो खेलमा पनि ब्राजिल र मोरोक्कोले १–१ बराबरी खेले । तेस्रो खेलमा स्कटल्यान्डले हाइटीलाई १–० ले हराएको थियो । आजको अन्तिम खेल राति १०ः४५ मा समूह ‘इ’ को हुुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *