फिफा विश्वकपमा हाइटीलाई पराजित गर्दै स्कटल्यान्ड समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको छ । गिलेट स्टेडियममा आइतबार सम्पन्न खेलमा स्कटल्यान्डले १-० को जित निकालेको हो ।
जितसँगै स्कटल्यान्डले ३ अंक जोडेको छ । आइतबार नै सम्पन्न खेलमा १–१ को बराबरी खेलेका मोरक्को र ब्राजिलको समान १ अंक छ । अब स्कटल्यान्डले १९ जुनमा मोरक्को र सोही दिन हाइटीले ब्राजिलको सामना गर्नेछ ।
स्कटल्यान्डको जितमा जोन म्याकगिनले खेलको २८औं मिनेटमा गरेको गोल नै निर्णायक रह्यो । गोलको सुरुआत चे एडम्सको उत्कृष्ट दौडबाट भएको थियो । उनले हाइटीको रक्षापङ्क्तिलाई चिर्दै अगाडि बढेर दायाँतर्फबाट खतरनाक लोÞ–क्रस निकाले ।
एडम्स स्वयं बलमा पुग्न नसके पनि म्याकगिन सही समयमा सही स्थानमा उपस्थित थिए। उनको प्रहार धेरै आकर्षक नभए पनि गोलका लागि पर्याप्त साबित भयो र स्कटल्यान्डले अग्रता लियो । त्यसपछि थप गोल हुन पाएन् ।
