स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत १९३ पदाधिकारी पदमुक्त भएका छन्। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश २०८३ को दफा ९२० को उपदफा ९१० बमोजिम मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार पदमुक्त भएका पदाधिकारीलाई पदमुक्त भएको जानकारीको पत्र पठाउने क्रम सुरु गरिएको छ। ‘अध्यादेशअनुसार पदमुक्त हुनुभएका पदाधिकारीको […]

Continue Reading

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

बागमती प्रदेश सरकारले आज  बिहीबार प्रदेश सरकारको कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार यही आजवैशाख २४ गते सार्वजनिक बिदाको दिने निर्णय भएको जनाइएको छ।

Continue Reading

पुराना र बिग्रिएका जारमा पानी बिक्री बढ्दो, विभागद्वारा कडा चेतावनी

बजारमा पुराना, कुच्चिएका, टालिएका, चुहिएका तथा अपारदर्शी जार प्रयोग गरी प्रशोधित पिउने पानी बिक्री भइरहेको गुनासो बढेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कडाइ गर्ने चेतावनी दिएको छ। विभागका अनुसार यस्ता जारमा पानी राख्दा स्वच्छता र गुणस्तरमा गम्भीर समस्या देखिने भएकाले उपभोक्ताको स्वास्थ्यमा जोखिम बढ्ने सम्भावना हुन्छ। विशेषगरी गर्मी तथा वर्षायाममा पानीजन्य रोगको संक्रमण उच्च हुने […]

Continue Reading

अमेरिका–इरान सहमतिनजिक, कच्चा तेलको भाउ घट्यो

इरान–अमेरिकाबीच वार्ता हुने खबर बाहिरिएसँगै विश्व बजारमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुड (कच्चा तेल) को भाउ ११ प्रतिशतले झरेको छ । मंगलबार उच्चतम विन्दुमा १०९.८७ डलर प्रतिब्यारेल कारोबार भएको अन्तर्राष्ट्रिय ब्रेन्ट क्रुड बुधबार अन्तर्राष्ट्रिय न्यून विन्दुमा ९७.४८ डलर प्रतिब्यारेलमा कारोबार भयो । यूएस वेस्ट टेक्सास इन्टरमिडियट क्रुड ११.३ प्रतिशतले घटेर ९०.७४ प्रतिब्यारेलमा कारोबार भयो । ‘हर्मुजको […]

Continue Reading

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार  समस्याग्रस्त घोषित १० वटा सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक गरिएको हाे  । अन्य समस्याग्रस्त सहकारीका ठुला ऋणीको नाममा क्रमशः सार्वजनिक गर्ने समितिले जनाएको छ । समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न […]

Continue Reading

राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज

सरकारले निजामती सेवा र स्वास्थ्य सेवाका राष्ट्रियस्तरका १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आज नेपाल निजामती सेवा ऐन, २०७४ अनुसारका आठ र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अन्तर्गतका चार वटा ट्रेड युनियनको दर्ता खारेज गरेको हो । निजामती अन्तर्गतका नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल […]

Continue Reading

मकवानपुरमा पानीसहितको हावाहुरीबाट २६ घरपरिवार प्रभावित, २२ लाखभन्दा बढीको क्षति

पानीसहित आएको हावाहुरीले मकवानपुरको आधादर्जन गाउँपालिकामा ग्रामीण क्षेत्रका बासिन्दा प्रभावित भएका छन् ।हावाहुरीले घरगोठसहित अन्नबालीमा क्षति भएको छ । हावाहुरीले इन्द्रसरोवर गाउँपालिका १ मार्खु स्थित सरस्वती बालबोधनी माविको माथिबाट सल्लाको रूख ढली जस्तापातामा क्षति पुगेको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार सोमबार पानीसहित आएको हावाहुरीले २६ घरपरिवारको घरगोठसहित अन्न बालीमा क्षति पुगेको छ […]

Continue Reading

दिनभर लाइन बस्दा पनि १० किलो मल पाउन मुस्किल

मोरङ कानेपोखरी–५, भौंसाबारीका ४५ वर्षीय हर्कबहादुर धिमाल सोमबार बिहान उज्यालो नहुँदै काँधमा रित्तो प्लास्टिकको बोरा बोकेर घरबाट निस्किए  । दुई किलोमिटर उत्तरको रमाइलो बजार पुग्दा उहाँको मनमा एउटै आशा थियो, “आज त जसरी पनि मकैका लागि मल पाउँछु ।” छिमेकीले ‘साना किसान कृषि सहकारीमा मल बाँडिँदैछ’ भन्ने खबर सुनाएपछि हर्कबहादुर झिसमिसेमै लाइनमा उभिन पुगेका थिए  तर […]

Continue Reading

होर्मुजको जलडमरू पार गर्ने क्रममा फ्रान्सेली कम्पनीको जहाजमाथि आक्रमण

फ्रान्सेली ढुवानी कम्पनी सीएमए सीजीएमको एउटा मालवाहक जहाज होर्मुज जलडमरू पार गर्ने क्रममा आक्रमणको शिकार भएको छ। कम्पनीका अनुसार ‘सान एन्टोनियो’ नामक जहाज मंगलबार (मे ५) उक्त संवेदनशील समुद्री मार्ग पार गरिरहेको बेला अज्ञात समूहले निशाना बनाएको हो। आक्रमणबाट जहाजमा क्षति पुगेको छ भने केही चालक दलका सदस्यहरू घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी […]

Continue Reading

प्रधानमन्त्रीव्दारा संवैधानिक परिषद्को बैठक आव्हान

प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार भाेलि बिहीबार साँझ ५ बजे बस्ने गरी बैठक बोलाइएको हो। गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएपछि शाहले पहिलो पटक संवैधानिक परिषद्को बैठक बोलाएका हुन्। त्यसअघि सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो। जसअनुसार अध्यक्ष र पाँच जना उपस्थित भएको बैठकमा अध्यक्ष र कम्तीमा ३ […]

Continue Reading